भक्तपुर, असार १९ । भक्तपुरको नयाँ थिमिमा अवस्थित मिड भ्याली एसएस कलेजले एसइई उतीर्ण भएका सम्पूर्ण विद्यार्थीहरुलाई लक्षित गर्दै मिड भ्याली ग्रान्ड टपर्स छात्रवृति कार्यक्रम Mid Valley Topper’s Scholorship संचालन गरेको छ।
यस छात्रवृति कार्यक्रम अन्तर्गत प्रत्यक सातवटै प्रदेशबाट १ जना छात्र र १ जना छात्रा तथा सम्पूर्ण स्थानिय तह ( नगरपालिका र गाउँपालिका ) बाट १/१ जना छात्र र छात्रालाई पूर्ण छात्रवृति संचालन गर्ने भएको छ।
विस्तृत जानकारीका लागि मिड भ्याली एसएस कलेज, नयाँ थिमि भक्तपुरको सम्पर्क नं ०१-५९२१२०४, ९८०२३७१७३०, ९८०२३७१७३१ मार्फत पनि प्राप्त गर्न सकिनेछ।
Published Date: 03 July 2024