क्रिकेटर लामिछानेलाई भरतपुर महानगरले गर्‍यो एक लाख नगदसहित सम्मान

क्रिकेटर लामिछानेलाई भरतपुर महानगरले गर्‍यो एक लाख नगदसहित सम्मान : Icon Khabar

चितवन, असार १८ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ । आज (मंगलबार) एक कार्यक्रम आयोजना गरी उनलाई एक लाख नगदसहित सम्मान गरिएको हो । उनलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

सो अवसरमा नगर प्रमुख दाहालले खेलाडीको सम्मानले उनीहरू खेलप्रति अझ प्रोत्साहित हुने विचार व्यक्त गर्दै भरतपुर महानगरपालिकाले खेलाडी सम्मानलाई प्राथमिकतामा राखेको बताइन् ।

भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणदेखि खेलक्षेत्रमा सक्दो सहयोग गर्दै आएको उनले बताइन् । जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाले खेलक्षेत्रको विकासका लागि महानगरले निर्वाह गरेको भूमिकाको सराहना गरे ।

Published Date: 02 July 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक