बागमती प्रदेशमा थप ३५ जना डेंगु सङ्क्रमण

बागमती प्रदेशमा थप ३५ जना डेंगु सङ्क्रमण : Icon Khabar

काठमाडौँ, असार १८ । बागमती प्रदेशमा ३५ जना डेंगु सङ्क्रमित थपिएका छन् ।

असारको १७ गते सोमबारसम्म काठमाडौँमा १८, काभ्रेपलान्चोकमा ८, चितवनमा ६ र ललितपुर, मकवानपुर, नुवाकोटमा एक एक जना डेंगु सङ्क्रमित थपिएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा एक जना डेंगु सङ्क्रमित थपिएका छन् । वैशाखपछि बागमती प्रदेशका जिल्लाहरूमा डेंगु सङ्क्रमण बढ्न थालेको तथ्याङ्क छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार असारमा प्रदेशका काठमाडौँ, ललितपुर, चितवन, मकवानपुर, नुवाकोट र काभ्रेपलान्चोकमा डेंगुका बिरामी फेला परेका हुन ।

चालु आर्थिक वर्षको साउनदेखि असार १७ गते सोमबारसम्म प्रदेशका १३ जिल्लामा एघार हजार ८३९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

 

Published Date: 02 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास