मंगलबार पनि सुनको भाउ बढ्यो

मंगलबार पनि सुनको भाउ बढ्यो : Icon Khabar

काठमाडौं, असार १८ । सुनको भाउ लगातार ४ दिन बढेको छ । यो ४ दिनमा सुनको भाउ १५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि छापावाल सुन प्रतितोल १०० रुपैयाँले बढेर १ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि शुक्रबार, आइतबार र सोमबार पनि सुनको भाउ क्रमशः प्रतितोला १०००, २०० र २०० रुपैयाँले बढेको थियो । यसअघि सोमबार सुनको मूल्य १ लाख ४२ हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, मंगलबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १८ सय ५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ तोलाको १७ सय ९० रुपैयाँ कायम रहेको थियो ।

 

Published Date: 02 July 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक