मंगलबार पनि सुनको भाउ बढ्यो

मंगलबार पनि सुनको भाउ बढ्यो : Icon Khabar

काठमाडौं, असार १८ । सुनको भाउ लगातार ४ दिन बढेको छ । यो ४ दिनमा सुनको भाउ १५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि छापावाल सुन प्रतितोल १०० रुपैयाँले बढेर १ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि शुक्रबार, आइतबार र सोमबार पनि सुनको भाउ क्रमशः प्रतितोला १०००, २०० र २०० रुपैयाँले बढेको थियो । यसअघि सोमबार सुनको मूल्य १ लाख ४२ हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, मंगलबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १८ सय ५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ तोलाको १७ सय ९० रुपैयाँ कायम रहेको थियो ।

 

Published Date: 02 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास