आइतबार सुनको मूल्य बढ्यो

आइतबार सुनको मूल्य बढ्यो : Icon Khabar

काठमाडौँ, असार १६ । आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । गत शुक्रबार प्रतितोला १ हजार रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ७९० रुपैयाँ कायम भएको छ ।

Published Date: 30 June 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास