डेनमार्कलाई हराउँदै जर्मनी युरोकपको क्वाटरफाइनलमा

डेनमार्कलाई हराउँदै जर्मनी युरोकपको क्वाटरफाइनलमा : Icon Khabar

काठमाडौँ, असार १६ । घरेलु टोली जर्मनीले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । राउन्ड अफ १६ को खेलमा डेनमार्कलाई हराउँदै जर्मनी अघि बढेको हो ।

डर्टमुन्डस्थित सिग्नाल इडुना पार्कमा सम्पन्न रोमान्चक खेलमा जर्मनीले २-० को जित दर्ता गर्यो । निकै प्रतिस्पर्धात्मक खेलमा डेनमार्कले दोस्रो हाफमा गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड दिए । जोआकिम एन्डरसनको प्रहारअघि अफसाइड भएको भन्दै गोलले मान्यता पाएन ।

त्यसको ५ मिनेट नबित्दै अर्कोतर्फ एन्डरसनकै ह्यान्डबलमा जर्मनीले पेनाल्टी पायो । काइ हाभर्ट्जले पेनाल्टीमा गोल गर्दै खेलमा जर्मनीलाई अघि बढाए । त्यसपछि जमाल मुसियालले ६८ औं मिनेटमा गोल गर्दै जित पक्का गरे ।

त्यसअघि दिनको पहिलो खेलमा स्विटजरल्यान्डले साविक विजेता इटालीलाई २-० ले हराएको थियो । प्रतियोगिता अन्तर्गत भोली राउन्ड अफ १६ चरणमै इंग्ल्यान्डले स्लोभाकिया तथा स्पेनले जर्जियासँग खेल्नेछ । जर्मनीले स्पेन र जर्जियाको विजेतासँग खेल्दा अर्को खेलको विजेताले स्विटजरल्यान्डको सामना गर्नेछ ।–एजेन्सी

Published Date: 30 June 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड