युरोकप फुटबलमा अष्ट्रिया, इङल्याण्ड, डेनमार्क र स्लोभेनिया अन्तिम १६ मा

युरोकप फुटबलमा अष्ट्रिया, इङल्याण्ड, डेनमार्क र स्लोभेनिया अन्तिम १६ मा : Icon Khabar

काठमाडौँ, असार १२ । युरोकप फुटबलमा समूह ‘डी’ को अन्तिम चरणको खेलमा नेदरल्याण्ड्सलाई ३–२ गोलले पराजित गर्दै अष्ट्रिया अन्तिम १६ मा पुगेको छ । तीन खेलमा दुई जितका साथ अष्ट्रिया ६ अङ्कसहित समूह विजेता बनेको छ ।

यो समूहमा फ्रान्स तीन खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा छ । नेदरल्याण्ड्स भने चार अङ्कसहित तेस्रो स्थानमा छ । पोल्याण्ड एक अङ्कसहित समूहको पुछारमा रहँदै बाहिरिएको छ । यसअघि फ्रान्स र पोल्याण्डले १–१ गोलको बराबरी खेलेका थिए ।

यस्तै समूह ‘सी’ अन्तर्गत अन्तिम चरणको दुवै खेल बराबरीमा सकिएका छन् । इङल्याण्ड र स्लोभेनिया तथा डेनमार्क र सर्बियाले गोलरहित बराबरी खेलेका छन् । योसँगै इङल्याण्ड पाँच अङ्कका साथ समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । डेनमार्क र स्लोभेनियाले पनि अन्तिम १६ मा स्थान बनाएका छन् । दुवै टोलीको समान तीन अङ्क छ । दुई अङ्क रहेको सर्बिया भने बाहिरिएको छ ।

Published Date: 26 June 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास