युरोकप फुटबलमा अष्ट्रिया, इङल्याण्ड, डेनमार्क र स्लोभेनिया अन्तिम १६ मा

युरोकप फुटबलमा अष्ट्रिया, इङल्याण्ड, डेनमार्क र स्लोभेनिया अन्तिम १६ मा : Icon Khabar

काठमाडौँ, असार १२ । युरोकप फुटबलमा समूह ‘डी’ को अन्तिम चरणको खेलमा नेदरल्याण्ड्सलाई ३–२ गोलले पराजित गर्दै अष्ट्रिया अन्तिम १६ मा पुगेको छ । तीन खेलमा दुई जितका साथ अष्ट्रिया ६ अङ्कसहित समूह विजेता बनेको छ ।

यो समूहमा फ्रान्स तीन खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा छ । नेदरल्याण्ड्स भने चार अङ्कसहित तेस्रो स्थानमा छ । पोल्याण्ड एक अङ्कसहित समूहको पुछारमा रहँदै बाहिरिएको छ । यसअघि फ्रान्स र पोल्याण्डले १–१ गोलको बराबरी खेलेका थिए ।

यस्तै समूह ‘सी’ अन्तर्गत अन्तिम चरणको दुवै खेल बराबरीमा सकिएका छन् । इङल्याण्ड र स्लोभेनिया तथा डेनमार्क र सर्बियाले गोलरहित बराबरी खेलेका छन् । योसँगै इङल्याण्ड पाँच अङ्कका साथ समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । डेनमार्क र स्लोभेनियाले पनि अन्तिम १६ मा स्थान बनाएका छन् । दुवै टोलीको समान तीन अङ्क छ । दुई अङ्क रहेको सर्बिया भने बाहिरिएको छ ।

Published Date: 26 June 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक