देशभर फैलियो मनसुन, ६ प्रदेशका केहि ठाउँमा विहानैदेखि वर्षा

देशभर फैलियो मनसुन, ६ प्रदेशका केहि ठाउँमा विहानैदेखि वर्षा : Icon Khabar

काठमाडौँ, असार ११ । यस वर्षको मनसुन प्रणाली देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले बुलेटिन निकालेर मनसुन देशभर फैलिएको जनाएको छ । अहिले देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । यतिबेला (मंगलबार बिहान) देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ ।

गण्डकी प्रदेशका केही स्थान, कोशी र बागमती प्रदेशका थोरै स्थान तथा मधेस, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (मंगलबार) कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
1
+1
0
+1
0
Published Date: 25 June 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन