आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौँ, असार ११ । आज २०८१ असार ११ गते मंगलबार, तद्अनुसार २५ जून २०२४ । आज असार कृष्ण चतुर्थी, वैधृति बव श्रवण, मंगल चौथी व्रत/भूमी पूजा, सूर्योदय बिहानः ०५ः०९ बजे, सूर्यास्त साँझः १९ः०३ बजे ।

आजको राशिफल

मेष: एकाएक स्वास्थ्‍य खराब हुनसक्छ, लापरवाही नगर्नु होला । विवादबाट स्वाभिमानमा चोट लाग्न सक्छ । जोखिम नलिनु होला ।

वृष: प्रयास सफल रहने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार–व्यवसायले लाभ दिनेछ । कुनै ठूलो काम गर्न मन लाग्ने छ ।

मिथुन: फजूल खर्च बढ्ने छ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

कर्कट: अप्रत्याशित लाभ हुनसक्छ । व्यावसायिक यात्रा लाभदायक रहने छ । लगानी शुभ रहने छ ।

सिंह: कुनै ठूलो खर्च एकाएक बढ्ने छ । कुनै व्यक्तिको कामको जिम्मेवारी नलिनु होला । कार्य कुशलतामा कमि हुनेछ ।

कन्या: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । भाग्यको साथ पाइने छ ।

तुला: नयाँ योजना बन्ने छ । कार्य प्रणालीमा सुधार हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । सुखका साधन जुट्ने छन् । लगानी शुभ रहने छ ।

वृश्चिक: वैवाहिक प्रस्ताव आउनसक्छ । तन्त्र–मन्त्रमा रुचि जागृत हुनेछ । लाभको अवसर हात पर्नेछ ।

धनु: स्वास्थ्य कमजोर रहने छ । विवादबाट क्लेश हुनसक्छ । लाभका लागि प्रयास गर्नु होला ।

मकर: कानूनी वाधा हटेर स्थिति अनुकूल बन्ने छ । व्यावसायिक यात्रा सफल रहने छ । निवेश सोच–विचार गरेर गर्नु होला ।

कुम्भ: जागिरमा अधिकार पाउन सकिने छ । सुखका साधन जुट्ने छन् । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । उत्साह कायम रहने छ ।

मीन: विवेकको प्रयोग गर्नु होला । समस्याहरु घट्ने छन् । यात्रा मनोरञ्जक रहने छ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लाभको अवसर हात पर्नेछ ।

Published Date: 25 June 2024


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु