सोमबार सुन–चाँदीको भाउ सामान्य रूपले बढ्यो

सोमबार सुन–चाँदीको भाउ सामान्य रूपले बढ्यो : Icon Khabar

काठमाडौं, असार १० । सुन–चाँदीको भाउ आज सामान्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि आइतबार छापावाल सुन १ लाख ४२ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४१ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १८ सय २० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको भाउ प्रतितोला १८ सय १५ रुपैयाँ कायम रहेको थियो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३२४ डलरमा र चाँदी प्रतिऔंस २९.५६ डलरमा कारोबार भइरहेको छ ।

Published Date: 24 June 2024


ताजा
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड