आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, असार १० । आज २०८१ असार १० गते सोमबार, तद्अनुसार २४ जून २०२४ । आज असार कृष्ण तृतिया, एन्द्र वणिज उत्तरषाढा, सूर्योदय बिहानः ०५ः०९ बजे, सूर्यास्त साँझः १९ः०३ बजे ।

आजको राशिफल

मेष: मेहनतको फल पाइने छ । सामाजिक कार्य गर्ने रुचि रहने छ । मान–सम्मान पाइने छ । कुनै मनोरञ्जक यात्राको योजना बन्ने छ । गलत स्वभाव भएका व्यक्तिबाट टाढै रहनु होला ।

वृष: घरमा पाहुनाहरुको आगमन हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । ठूलो काम गर्ने मन बन्ने छ । परिवारको सहयोग पाइने छ ।

मिथुन: नवीन वस्त्राभूषण प्राप्तिमा खर्च हुनेछ । यात्रा मनोरञ्जक रहने छ । भाइहरुको सहयोग प्राप्त हुनेछ । प्रसन्नताको वातावरण रहने छ ।

कर्कट: पारिवारिक चिन्ता कायम रहने छ । लेन–देनमा हतार नगरौं । विवादलाई नबढाउनु होला । बुद्धिको प्रयोगले लाभमा वृद्धि हुनेछ ।

सिंह: परिवार तथा साथीहरुसंग कुनै मनोरञ्जक यात्राको आयोजना हुनसक्छ । रोकिएको पैसा प्राप्त हुने योग छ । साथीहरुको सहयोगले कार्य पूर्ण हुनेछ ।

कन्या: कार्यस्थलमा परिवर्तन सम्भव छ । योजना फलीभूत हुनेछ । उत्साह एवं प्रसन्नता रहने छ । स्वास्थ्‍य उत्तम रहने छ । समय शुभ छ ।

तुला: कुनै धार्मिकस्थलको यात्राको आयोजना हुनसक्छ । सत्संगको लाभ पाइने छ । पारिवारिक सहयोग पाइने छ । सुख–शान्ति कायम रहने छ ।

वृश्चिक: चोट तथा दुर्घटनाबाट हानिको सम्भावना छ, लापरवाही नगर्नु होला । बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । आम्दानमा कमी हुनसक्छ ।

धनु: हतारमा काम बिग्रन तथा समस्या बढ्न सक्छ । प्रेम–प्रसंगमा अनुकूलता रहने छ । कुनै वरिष्ठ व्यक्तिको सहयोगले कार्यमा सहजता आउने छ ।

मकर: भूमि, भवन, पसल शोरूम अथवा कारखाना आदि किन्ने योजना बन्ने छ । भाग्योन्नतिको प्रयास सफल रहने छ । प्रसन्नता रहने छ ।

कुम्भ: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । पार्टी अथवा पिकनिकको कार्यक्रम बन्न सक्छ । कुनै मांगलिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ । प्रसन्नता रहने छ ।

मीन: अरुबाट धेरै अपेक्षा गर्नु हुनेछ । हतार गर्दा काममा वाधा उत्पन्न हुनेछ । साथीहरुसंग समय सुखद तरिकाले बित्ने छ ।

Published Date: 24 June 2024


ताजा
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी