आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, असार १० । आज २०८१ असार १० गते सोमबार, तद्अनुसार २४ जून २०२४ । आज असार कृष्ण तृतिया, एन्द्र वणिज उत्तरषाढा, सूर्योदय बिहानः ०५ः०९ बजे, सूर्यास्त साँझः १९ः०३ बजे ।

आजको राशिफल

मेष: मेहनतको फल पाइने छ । सामाजिक कार्य गर्ने रुचि रहने छ । मान–सम्मान पाइने छ । कुनै मनोरञ्जक यात्राको योजना बन्ने छ । गलत स्वभाव भएका व्यक्तिबाट टाढै रहनु होला ।

वृष: घरमा पाहुनाहरुको आगमन हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । ठूलो काम गर्ने मन बन्ने छ । परिवारको सहयोग पाइने छ ।

मिथुन: नवीन वस्त्राभूषण प्राप्तिमा खर्च हुनेछ । यात्रा मनोरञ्जक रहने छ । भाइहरुको सहयोग प्राप्त हुनेछ । प्रसन्नताको वातावरण रहने छ ।

कर्कट: पारिवारिक चिन्ता कायम रहने छ । लेन–देनमा हतार नगरौं । विवादलाई नबढाउनु होला । बुद्धिको प्रयोगले लाभमा वृद्धि हुनेछ ।

सिंह: परिवार तथा साथीहरुसंग कुनै मनोरञ्जक यात्राको आयोजना हुनसक्छ । रोकिएको पैसा प्राप्त हुने योग छ । साथीहरुको सहयोगले कार्य पूर्ण हुनेछ ।

कन्या: कार्यस्थलमा परिवर्तन सम्भव छ । योजना फलीभूत हुनेछ । उत्साह एवं प्रसन्नता रहने छ । स्वास्थ्‍य उत्तम रहने छ । समय शुभ छ ।

तुला: कुनै धार्मिकस्थलको यात्राको आयोजना हुनसक्छ । सत्संगको लाभ पाइने छ । पारिवारिक सहयोग पाइने छ । सुख–शान्ति कायम रहने छ ।

वृश्चिक: चोट तथा दुर्घटनाबाट हानिको सम्भावना छ, लापरवाही नगर्नु होला । बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । आम्दानमा कमी हुनसक्छ ।

धनु: हतारमा काम बिग्रन तथा समस्या बढ्न सक्छ । प्रेम–प्रसंगमा अनुकूलता रहने छ । कुनै वरिष्ठ व्यक्तिको सहयोगले कार्यमा सहजता आउने छ ।

मकर: भूमि, भवन, पसल शोरूम अथवा कारखाना आदि किन्ने योजना बन्ने छ । भाग्योन्नतिको प्रयास सफल रहने छ । प्रसन्नता रहने छ ।

कुम्भ: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । पार्टी अथवा पिकनिकको कार्यक्रम बन्न सक्छ । कुनै मांगलिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ । प्रसन्नता रहने छ ।

मीन: अरुबाट धेरै अपेक्षा गर्नु हुनेछ । हतार गर्दा काममा वाधा उत्पन्न हुनेछ । साथीहरुसंग समय सुखद तरिकाले बित्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 June 2024
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित