मेलम्चीकाे खानेपानी तत्काल बन्द नहुने

मेलम्चीकाे खानेपानी तत्काल बन्द नहुने : Icon Khabar

काठमाडौँ, असार ५ । काठमाडाैं उपत्यकामा मेलम्चीकाे खानेपानी तत्काल बन्द नहुने भएकाे छ । शुक्रबारदेखि मेलम्चीको पानी बन्द हुने समाचारहरु बाहिरिएपनि पानीको बहाव र जोखिमलाई ध्यानमा राखेर मेलम्ची खानेपानी सप्लाई भइरहेको मेलम्ची खानेपानी विकास समितिले स्पष्ट पारेकाे छ ।

खडेरीका समयमा काठमाडौंमा पानीको आपूर्तीलाई सहज बनाउन एक घण्टा पानी छोड्दा पनि एक हजार ट्याङ्कलाई पुग्ने पानी जम्मा हुने समितिकाे भनाइ छ । जसकारण तत्काल मेलम्चीको मूलद्वार बन्द नहुने भएकाे हाे ।

बर्खायामलाई मध्यनजर गर्दै मेलम्ची मुहानमा हाइअलर्ट रुपमा कर्मचारी खटाएर काठमाडौंमा पानी सप्लाई भइरहेको समितिले जानकारी दिएकाे छ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार पानीको बहाव र जोखिमलाई ध्यानमा राखेर पानी सप्लाई भइरहेको हाे ।

मनसुन अवधिमा विपत्तिको जोखिम बढ्ने भन्दै २४ घण्टा नै कर्मचारी हाइअलर्टमा खटाइएको पनि लामिछानेले बताएका छन् । यद्धपी पानीको बहाव बढ्नासाथै जुनसुकै बेला पनि मूलद्धारलाई बन्द गरिन सक्ने उनले खुलाए ।

यसअघि पनि मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेर्डबक्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि पनि बर्षायाम सुरु भएपछि सरकारले आयोजना बन्द गर्ने गरेकाे थियाे । त्यसपछि वर्षा सकिए लगत्तै खोल्ने गरेकाे थियाे ।

हाल दैनिक २० करोड लिटर हाराहारीमा उपत्यकावासीलाई पानी वितरण भइरहेको छ । यद्धपी पहिले, दैनिक १७ करोड लिटर पानी वितरण गरिने भनिएकाे थियाे ।

सरकारले गत ३१ जेठ गते आयोजना बन्द गर्ने निर्णय गरेको थियो । साे समयमा नेपालका मनसुन भित्रिए पनि पूर्वी भू-भागमा मात्रै सक्रिय भए पनि वागमतीमा ठूलो पानी नपरेपछि तत्कालका लागि आयोजना बन्द गर्न आवश्यक नरहेको भन्दै खुला राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Published Date: 20 June 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता