स्काउट केका लागि स्थापना भएको हो नबिर्सौं: खेलकुदमन्त्री श्रेष्ठ

स्काउट केका लागि स्थापना भएको हो नबिर्सौं: खेलकुदमन्त्री श्रेष्ठ : Icon Khabar

काठमाडौँ, असार ५ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्काउट समय सापेक्ष हुन जरुरी रहेको बताएका छन् । बुधबार नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने ‘‘स्काउट समय सापेक्ष पनि हुनुपर्छ । २१ औं शताब्दीमा स्काउट कस्तो हुनुपर्छ । यो भन्दै गर्दा स्काउटको मूल्य मान्यताहरु नबिर्सिकन, आफ्नो जरा नबिर्सिकन । धेरै जसो संस्थाहरु समय सापेक्ष हुने क्रममा आफू को हो ? र केका लागि स्थापना भएको पनि बिर्सिने चलन छ । तर स्काउटले २१ औं शताब्दी सापेक्ष हुने तर आफ्नो जरा नबिर्सिकन, आफ्नो माटो नबिर्सिने पनि हुनुपर्छ । अबको आवश्यकता भनेको डिजिटल लिट्रेसी पनि हो ।’’

Published Date: 19 June 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास