रोहितसँग झगडा गर्ने बंगलादेशी खेलाडी तान्जिमलाई आईसीसीको कारवाही

रोहितसँग झगडा गर्ने बंगलादेशी खेलाडी तान्जिमलाई आईसीसीको कारवाही : Icon Khabar

काठमाडौं, असार ५ । अमेरिका र वेष्ट इण्डिजमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत नेपाल र बंगलादेशबीचको खेलमा झगडा (विवाद) गर्ने बंगलादेशी खेलाडी तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आइतबारको खेलमा खेल आचारसंहिता उल्लंघन गरेको भन्दै उनले पाउने म्याच फिको १५ प्रतिशत जरिवाना गराएको हो । नेपालले बंगलादेशले दिएको लक्ष्य पछ्याउने क्रममा तेस्रो ओभरमा उक्त घटना भएको थियो । नेपाली स्किपर रोहित पौडेलसँग उनले खेलकैबीच विवाद गरेका थिए । तान्जिमले खेलाडी र उनीहरुका सहयोगीका लागि बनाइएको आईसीसी आचारसंहिताको २.१२ को नियम उल्लंघन गरेको पाइएको आईसीसीले जनाएको छ ।

२.१२ को व्यवस्था खेलाडी, उनीहरुका सहयोगी, अम्पायर, म्याच रेफ्री वा अन्य कुनै व्यक्ति (दर्शक समेत) सँग अन्तर्राष्ट्रिय खेलका दौडान अस्वाभाविक शारीरिक स्पर्शसँग सम्बन्धित छ । आईसीसीका मैदानमा रहेका अम्पायरद्वय अहसन राजा र साम नोगाज्स्कीसँगै तेस्रो अम्पायर जयरामन मदनगोपाल र चौथो अम्पायर कुमार धर्मसेनाले उक्त कारबाही गर्नुपर्ने ठहर गरेका थिए । तान्जिमले आफूले गरेको गल्ती महशुस गरेको र आईसीसीको कारबाही स्वीकारेको बताइएको छ । अम्पायर रिची रिचार्डसनले तान्जिमविरुद्ध कारबाही सिफारिस गरेका थिए । सो खेलमा नेपालविरुद्ध बंगलादेश २१ रनले विजयी भएको थियो ।

Published Date: 19 June 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर