रोहितसँग झगडा गर्ने बंगलादेशी खेलाडी तान्जिमलाई आईसीसीको कारवाही

रोहितसँग झगडा गर्ने बंगलादेशी खेलाडी तान्जिमलाई आईसीसीको कारवाही : Icon Khabar

काठमाडौं, असार ५ । अमेरिका र वेष्ट इण्डिजमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत नेपाल र बंगलादेशबीचको खेलमा झगडा (विवाद) गर्ने बंगलादेशी खेलाडी तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आइतबारको खेलमा खेल आचारसंहिता उल्लंघन गरेको भन्दै उनले पाउने म्याच फिको १५ प्रतिशत जरिवाना गराएको हो । नेपालले बंगलादेशले दिएको लक्ष्य पछ्याउने क्रममा तेस्रो ओभरमा उक्त घटना भएको थियो । नेपाली स्किपर रोहित पौडेलसँग उनले खेलकैबीच विवाद गरेका थिए । तान्जिमले खेलाडी र उनीहरुका सहयोगीका लागि बनाइएको आईसीसी आचारसंहिताको २.१२ को नियम उल्लंघन गरेको पाइएको आईसीसीले जनाएको छ ।

२.१२ को व्यवस्था खेलाडी, उनीहरुका सहयोगी, अम्पायर, म्याच रेफ्री वा अन्य कुनै व्यक्ति (दर्शक समेत) सँग अन्तर्राष्ट्रिय खेलका दौडान अस्वाभाविक शारीरिक स्पर्शसँग सम्बन्धित छ । आईसीसीका मैदानमा रहेका अम्पायरद्वय अहसन राजा र साम नोगाज्स्कीसँगै तेस्रो अम्पायर जयरामन मदनगोपाल र चौथो अम्पायर कुमार धर्मसेनाले उक्त कारबाही गर्नुपर्ने ठहर गरेका थिए । तान्जिमले आफूले गरेको गल्ती महशुस गरेको र आईसीसीको कारबाही स्वीकारेको बताइएको छ । अम्पायर रिची रिचार्डसनले तान्जिमविरुद्ध कारबाही सिफारिस गरेका थिए । सो खेलमा नेपालविरुद्ध बंगलादेश २१ रनले विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
35
+1
0
+1
0
+1
0
+1
1
Published Date: 19 June 2024
Website | + posts
ताजा
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य
नपली सिर्जनानगरमा झोल साबुन तथा पाउडर सरफ बनाउने तालिम


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू