किकम्पा मन्टेश्वरीमा बाल पोषण सम्बन्धि अभिमुखिकरण सम्पन्न

किकम्पा मन्टेश्वरीमा बाल पोषण सम्बन्धि अभिमुखिकरण सम्पन्न : Icon Khabar

भक्तपुर, असार २ । भक्तपुरको किकम्पा मन्टेश्वरी प्रि-स्कूलमा “Nutrition Screening Program – 2081” सम्पन्न भएको छ। शनिबार बाल पोषण सम्बन्धिको उक्त कार्यक्रम सम्पन्न भएको हो।

नेपाल क्यान्सर हस्पितल एण्ड रिसर्च सेन्टरका आहारविद विशेषज्ञ कविता महर्जनको प्रमुख आतिथ्यतामा सम्पन भएको सो कार्यक्रममा महर्जनले बाल पोषण सम्बन्धि जानकारी गराउनुका साथै पोष्टिक खानेकुराले शारिरिक विकास संगै मानसिक र बौद्विक विकास हुने बारे जानकारी दिईन्।

उनले आजभोलि मानिसहरुको जीवनशैली परिवर्तन भएको र अस्वस्थ्यकर खानेकुराको अधिक मात्रामा सेवनले मोटोपन, मधुमेह, उच्च रक्तचाप, क्यान्सर तथा अन्य रोगहरू लाग्ने बताईन्। उनले कार्यक्रममा बाल पोषण सम्बन्धिको अभिमुखिकरण पनि संचालन गराईन्।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजेश लाखाले विद्यालयको गतिविधि एवं आगामी योजनाकाको बारे जानकारी दिए। उनले विद्यालयमा भइरहेको अतिरिक्त कक्षाहरु नृत्य, चित्रकला, स्काउट संचालन भइरहेकोमा यसै वर्षको असार महिनादेखि संगित कक्षा र परियति कक्षाहरु सुरु हुने बताए।

उनले विद्यालयमा उपलब्ध हुने खानेकुराहरु पोषणविज्ञ कविता महर्जनकै निगरानीमा दिइरहेको जानकारी दिए। उनले विद्यालयमा जंकफुड जस्तै चकलेट, आइसक्रिम, बर्थडेकेक पूर्णरुपमा बन्द गरिएको बताए।

कक्षा प्ले ग्रूप दखि फाउन्डेसन सम्मका ४० जना अभिभावकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा विद्यालयका शिक्षिका जमुना व्यान्जू र शिक्षक दिल सुवालले पनि आ-आफ्नो विचार राखेका थिए ।

Published Date: 16 June 2024
ताजा
मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढ्यो
विश्वकप २०२६: बेल्जियमको शानदार प्रदर्शन, अमेरिकामाथि ४–१ को जितसहित क्वार्टरफाइनलमा स्पेनसँग भेट
अन्तिम समयमा मेरिनो चम्किए, पोर्चुगललाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा
मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी