अजय देवगनको नयाँ फिल्म ‘सिंघम अगेन’ को रिलिज आगामी दीपावलीमा हुने

अजय देवगनको नयाँ फिल्म ‘सिंघम अगेन’ को रिलिज आगामी दीपावलीमा हुने : Icon Khabar

मुम्बई, असार २ । बलिवुडको सुपरहिट फ्रेन्चाइजी फिल्म सिंघमको तेस्रो फिल्म ‘सिंघम अगेन’ को रिलिज आगामी दीपावलीमा हुने भएको छ । फिल्मका निर्देशक रोहित शेट्टीले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै ‘सिंघम अगेन’ आगामी दीपावलीमा रिलिज हुने जानकारी दिएका हुन् ।

यसअघि फिल्म १५ अगस्टमा रिलिज हुने तय भएको थियो । तर निर्माताले रिलिज मिति परिवर्तन गरेका छन् । फिल्मको केही भागको सुटिङ बाँकी रहेको समाचारमा जनाइएको छ ।

अजय देवगनले गत बिहीबार नै यसको पुष्टि गरेका थिए । सिंघम अगेनमा रोहित शेट्टीको कप ब्रह्माण्डका तीनै नायक एकसाथ देखिनेछन् । उनको कप ब्रह्माण्डमा सिंघम, सिंघम रिटर्न्स, सूर्यवंशी र सिम्बा फिल्महरू सामेल छन् । यस फ्रेन्चाइजको पहिलो फिल्म सिंघम थियो जुन २०११ मा रिलिज भएको थियो । यसमा अजय देवगनले पुलिस अफिसर बाजीराव सिंघमको भूमिका निभाएका छन् । यसको सिक्वेल फिल्म सिंघम रिटर्न्स २०१४ मा रिलिज भएको थियो ।

यस कप ब्रह्माण्डको दोस्रो फ्रेन्चाइज ‘सिम्बा’ थियो, जसमा रणवीर सिंहले इन्स्पेक्टर संग्राम भालेरावको भूमिका निभाएका थिए । त्यस्तै २०२१ मा रिलिज भएको फिल्म ‘सूर्यवंशी’ मा अक्षय कुमारले डीसीपी वीर सूर्यवंशीको भूमिका निभाएका थिए । ‘सिंघम अगेन’ अघि रोहितको कप ब्रह्माण्डका तीनै अफिसर पनि ‘सूर्यवंशी’ मा सँगै देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 June 2024
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न