अजय देवगनको नयाँ फिल्म ‘सिंघम अगेन’ को रिलिज आगामी दीपावलीमा हुने

अजय देवगनको नयाँ फिल्म ‘सिंघम अगेन’ को रिलिज आगामी दीपावलीमा हुने : Icon Khabar

मुम्बई, असार २ । बलिवुडको सुपरहिट फ्रेन्चाइजी फिल्म सिंघमको तेस्रो फिल्म ‘सिंघम अगेन’ को रिलिज आगामी दीपावलीमा हुने भएको छ । फिल्मका निर्देशक रोहित शेट्टीले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै ‘सिंघम अगेन’ आगामी दीपावलीमा रिलिज हुने जानकारी दिएका हुन् ।

यसअघि फिल्म १५ अगस्टमा रिलिज हुने तय भएको थियो । तर निर्माताले रिलिज मिति परिवर्तन गरेका छन् । फिल्मको केही भागको सुटिङ बाँकी रहेको समाचारमा जनाइएको छ ।

अजय देवगनले गत बिहीबार नै यसको पुष्टि गरेका थिए । सिंघम अगेनमा रोहित शेट्टीको कप ब्रह्माण्डका तीनै नायक एकसाथ देखिनेछन् । उनको कप ब्रह्माण्डमा सिंघम, सिंघम रिटर्न्स, सूर्यवंशी र सिम्बा फिल्महरू सामेल छन् । यस फ्रेन्चाइजको पहिलो फिल्म सिंघम थियो जुन २०११ मा रिलिज भएको थियो । यसमा अजय देवगनले पुलिस अफिसर बाजीराव सिंघमको भूमिका निभाएका छन् । यसको सिक्वेल फिल्म सिंघम रिटर्न्स २०१४ मा रिलिज भएको थियो ।

यस कप ब्रह्माण्डको दोस्रो फ्रेन्चाइज ‘सिम्बा’ थियो, जसमा रणवीर सिंहले इन्स्पेक्टर संग्राम भालेरावको भूमिका निभाएका थिए । त्यस्तै २०२१ मा रिलिज भएको फिल्म ‘सूर्यवंशी’ मा अक्षय कुमारले डीसीपी वीर सूर्यवंशीको भूमिका निभाएका थिए । ‘सिंघम अगेन’ अघि रोहितको कप ब्रह्माण्डका तीनै अफिसर पनि ‘सूर्यवंशी’ मा सँगै देखिएका थिए ।

Published Date: 16 June 2024


ताजा
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड