सरकारद्वारा असार ७ गते प्रतिनिधि सभाबाट बजेट पारित गर्ने तयारी

सरकारद्वारा असार ७ गते प्रतिनिधि सभाबाट बजेट पारित गर्ने तयारी : Icon Khabar

काठमाडौँ, जेठ २९ । सरकारले असार ७ गते प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ ।

संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरेको छ ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए । सो बजेटमाथि सामान्य छलफल यसअघि नै सकिएको छ । यस्तै, आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु भएको छ ।

Published Date: 11 June 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास