सरकारद्वारा असार ७ गते प्रतिनिधि सभाबाट बजेट पारित गर्ने तयारी

सरकारद्वारा असार ७ गते प्रतिनिधि सभाबाट बजेट पारित गर्ने तयारी : Icon Khabar

काठमाडौँ, जेठ २९ । सरकारले असार ७ गते प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ ।

संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरेको छ ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए । सो बजेटमाथि सामान्य छलफल यसअघि नै सकिएको छ । यस्तै, आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु भएको छ ।

Published Date: 11 June 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक