आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौँ, जेठ ३० । आज २०८१ जेठ ३० गते बुधबार, तद्अनुसार १२ जुन २०२४ । आज जेठ शुक्ल षष्ठी, हर्षण कौलव मघा, सिथि नखः, विश्व बालश्रमविरुद्ध दिवस, सूर्योदयः बिहान ५ः०७ बजे, सूर्यास्त साँझ १८ः५९ बजे ।

आजको राशिफल

मेष: योजना पुरा हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ । शेयर मार्केटबाट लाभ हुनेछ । घर–परिवारमा सुख–शान्ति रहने छ ।

वृष: व्यवसायमा ध्यान दिनु पर्नेछ । व्यर्थ समय नगुमाउनु होला । पूजा–पाठमा मन लाग्ने छ । प्रसन्नता रहने छ ।

मिथुन: परिवारका कुनै सदस्यको स्वास्थ्यको चिन्ता रहने छ । बोलीमा नियन्त्रण राख्नु होला । फजूल खर्च नियन्त्रण गर्नु होला ।

कर्कट: कानूनी वाधा हटेर लाभको स्थिति बन्ने छ । प्रेम–प्रसंगमा जोखिम नलिनु होला । भाग्यको साथ रहने छ ।

सिंह: बेरोजगारी हटाउने प्रयास सफल रहने छ । परीक्षा अथवा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ । लगानी शुभ रहने छ ।

कन्या: पार्टी अथवा पिकनिकको आनन्द मिल्ने छ । रचनात्मक कार्य सफल रहने छ । समयको अनुकूलताको लाभ लिनु होला ।

तुला: दौडधूप बढ्ने छ । अनावश्यक कुरामा ध्यान नदिनु होला । व्यापार–व्यवसाय लाभदायक रहने छ ।

वृश्चिक: जीवनसाथीबाट सहयोग पाइने छ । मेहनतको फल प्राप्त हुनेछ । कार्यसिद्धि हुनेछ । लगानी लाभदायक रहने छ । सामाजिक प्रतिष्ठा बढ्ने छ ।

धनु: उत्साहवर्धक सूचना प्राप्त हुनेछ । पुराना साथीहरुसंग भेटघाट हुनेछ । व्यापारबाट लाभ मिल्ने छ ।

मकर: नवीन वस्त्राभूषण प्राप्तिको सम्भावना छ । यात्रा लाभदायक रहने छ । लगानीमा सोच–विचार गरेरमात्र हात हाल्नु होला ।

कुम्भ: फजूल खर्चमा नियन्त्रण गर्न पर्नेछ । शारीरिक कष्टबाट वाधा उत्पन्न हुनेछ । व्यापार–व्यवसाय लाभदायक रहने छ ।

मीन: यात्रा लाभदायक रहने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । शेयर मार्केटबाट ठूलो लाभ हुनसक्छ ।

Published Date: 12 June 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय