आइतबार नेप्से परिसूचक ४.५९ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ४.५९ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, जेठ २७ । आइतबार नेप्से परिसूचक ४.५९ अंक घटेर २०७३.१९ विन्दुमा झरेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। गत बिहीबार ४ अर्ब ३८ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१३ स्टकको ६९ हजार २१९ पटकको कारोबारमा ५ अर्ब १८ करोड ९० लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ५२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ३२ करोड ३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सिटि होटलको करिब १४ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। आज होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.९२ प्रतिशत बढेको छ। आज जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ। आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.५४ प्रतिशत घटेको छ।

Published Date: 09 June 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न