आइतबार नेप्से परिसूचक ४.५९ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ४.५९ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, जेठ २७ । आइतबार नेप्से परिसूचक ४.५९ अंक घटेर २०७३.१९ विन्दुमा झरेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। गत बिहीबार ४ अर्ब ३८ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१३ स्टकको ६९ हजार २१९ पटकको कारोबारमा ५ अर्ब १८ करोड ९० लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ५२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ३२ करोड ३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सिटि होटलको करिब १४ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। आज होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.९२ प्रतिशत बढेको छ। आज जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ। आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.५४ प्रतिशत घटेको छ।

Published Date: 09 June 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास