त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित चार जना पक्राउ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित चार जना पक्राउ : Icon Khabar

काठमाडौँ, जेठ २७ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित चार जना पक्राउ परेका छन् । प्रहरीले करिब २५ ग्राम सुनको सिक्रि, करिब ६९ ग्राम ९९ मिलिग्राम सुनको काँचो डल्लो अवैध रूपमा लैजाँदा उनीहरूलाई पक्राउ गरेको हो ।

भन्सार छलेर अवैध रूपमा संकलन गरी सुन लैजान लागेको अवस्थामा पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका–९ का ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ का २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्‍गा नगरपालिका–५ का २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक गरपालिका–६ का ३७ वर्षीय ज्याउदिन मिया रहेका छन् । उनीहरुलाई दुई फरक–फरक घटनामा प्रहरीले पक्राउ गरेको हो ।

कतार एयर उडानबाट नेपाल अवतरण गरेका कोइरालाले भन्सार छली ल्याएको उक्त धातु आलमलाई दिइरहँदा प्रहरीले विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको हाे । यस्तै, अरमान र मियालाई ५० ग्राम सुनको सिक्रिसहित पक्राउ गरिएको छ ।

अर्काेतर्फ, दोहाबाट कतार एयरमार्फत नै नेपाल आएका ज्याउदिनले भन्सार छलेर ल्याएको सुनको सिक्रि अरमानलाई दिँदा पक्राउ गरिएको हाे ।

Published Date: 09 June 2024
ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
देशभर मनसुनी वायुको प्रभाव: आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना
अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय