मंगलबार सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढ्यो

मंगलबार सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, जेठ २२ । सुनको भाउ आज तोलामा १७ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४२ हजार रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४० हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेर १८ सय ६० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १८ सय ३५ रुपैयाँ कायम रहेको थियो ।

 

Published Date: 04 June 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग