अल हिलाल किङ्स कप च्याम्पियन

अल हिलाल किङ्स कप च्याम्पियन : Icon Khabar

काठमाडौं, जेठ १९ ।  तनावपूर्ण बनेको खेलमा अल नासरलाई पराजित गर्दै साउदी प्राे लिग च्याम्पियन अल हिलाल किङ्स कपको च्याम्पियन बनेको छ ।

९ खेलाडीमा समेटिएको अल हिलालले १० खेलाडीमा समेटिएको अल नासरलाई सडन डेथमा ५–४ ले पराजित गर्दै किङ्स कपको च्याम्पियन बन्न सफल भएको हो ।

निर्धारित समयमा १–१ गोलको बराबरी र अतिरिक्त समयमा थप गोल निस्कन नसकेपछि खेल टाइब्रेकर हुँदै सडनडेथसम्म लम्बिएको थियो । जसमा साउदी प्रो लिग च्याम्पियन अल हिलालले बाजी मार्न सफल भयो ।

अल हिलालका एलेक्सान्दर मित्रोभिच, मोहमेद कानो, हसन टमबाक्टी, अब्दुल्लाह अल हम्दान र नासेर अल दासरीले गोल गर्न सफल भए । रुवेन नेभेस र साउद अब्दुल हामिदले गोल गर्न सकेनन् ।

अल नासरमा रोनाल्डो, सामी अल नाजेई, अब्दुल रहमान घारिव र अली लजामीले गोल गर्दा एलेक्स टेलास, अली अल हसन र मेसरी अल नेमेरले गोल गर्न सकेनन् ।

त्यसअघि किङ अब्दुल्लाह स्पोर्ट्स सिटी जेदामा शुक्रबार राति भएको खेलको सातौं मिनेटमा एलेक्सान्दर मित्रोभिचको गोलबाट अल हिलालले अग्रता लिएको थियो । तर, निर्धारित समय सकिन दुई मिेनट बाँकी रहँदा एमन अहमेदले गोल गर्दै खेललाई लम्ब्याए ।

५६औं मिनेटमा अल नासर १० खेलाडीमा समेटिन पुग्यो । आफ्नो क्षेत्र बाहिर आएर हातले बल छोएपछि गोलरक्षक डेभिड ओस्पिना सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरियो ।

खेलको अन्तिम तीन मिनेट भने नाटकीय र तनावपूर्ण बन्यो । ८७औं मिनेटमा अल हिलाल पनि १० खेलाडीमा समेटियो । हिंसात्मक आचरणका कारण अली अल बुलाहीलाई रेफ्रीले सुरुमा पहेलो र त्यसपछि रातो कार्ड देखाएर मैदान बाहिर पठाए ।

त्यसको एक मिनेटपछि एमन अहमेदले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ९०औं मिनेटमा अल हिलाल ९ खेलाडीमा समेटिन पुग्यो । कालीडो कोलीबाली दोहोरो पहेलो कार्ड खँदै मैदानबाट बाहिरिए । तर, त्यसको फाइदा अल नासरले अतिरिक्त समयमा उठाउन सकेन ।

यससँगै अल नासर यो सिजन उपाधि विमुख बन्यो । साउदी प्रो लिगमा पनि अल हिलालसँग नै पछि पर्यो । अल हिलालले भने यो सिजन तीन उपाधि जित्न सफल भयो । अल हिलालले यसअघि प्रो लिग र सुपर कपको उपाधि जितेको थियो । साउदीमा राेनाल्डाेले उपाधि जित्न सकेकाे छैन ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 June 2024
Website | + posts






ताजा
बलिउड अभिनेता वरुण धवन घाइते
भारतमा भएको एक कार्यक्रममा एक जना फोटोग्राफरले उदित नारायणलाई चुम्बन गरेपछि
आजदेखि च्याम्पियन्स ट्रफी सुरु हुँदै, पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
चीनमा तीन वर्षमा स्थापना भए १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू


ट्रेन्डिङ
२०५८ सालदेखि मौका परीक्षा दिन नपाएका विद्यार्थीलाई मौका परीक्षाको आवेदन खुला
विद्युत प्राधिकरणको लापरबाहीले गर्दा बबरमहलमा मेलम्चीको पाइप फुट्यो: केयुकेएल
ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको भक्तपुर शाखा सूर्यविनायकमा सुरू
शुक्रबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढ्यो