आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, जेठ १९ । आज २०८१ जेठ १९ गते शनिबार, तद्अन्सार १ जुन २०२४ । जेठ कृष्ण नवमी, प्रीति गर पूर्वभाद्र, विश्व आमा–बुवा दिवस, सूर्योदय बिहानः ०५ः०८ बजे, सूर्यास्त साँझ १८ः५५ बजे ।

आजको राशिफल

मेष: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

वृष: कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । परिवार तथा मित्रहरुसंग समय प्रसन्नतापूर्वक व्यतीत हुनेछ ।

मिथुन: व्ययवृद्धिबाट तनाव हुनेछ । कुनै महत्वपूर्ण निर्णय लिन हतार नगर्नु होला । बोलीचालीमा हल्का शब्दको प्रयोगबाट बच्नु होला ।

कर्कट: जीवनसाथीप्रति आभारी हुनु हुनेछ । लाभमा वृद्धि हुनेछ । पारिवारिक प्रसन्नता तथा सन्तुष्टि रहने छ । लगानी शुभ रहने छ ।

सिंह: प्रगति गर्ने अवसर प्राप्त हुनेछ । आम्दानीमा वृद्धि हुनेछ । परिवार अथवा स्नेहीजनसंग विवाद हुनसक्छ ।

कन्या: यात्रा सफल रहने छ । शारीरिक कष्ट हुनसक्छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लगानी शुभ रहने छ ।

तुला: अप्रत्याशित खर्च बढ्ने छ । प्रेम–प्रसंगमा हतार नगर्नु होला । प्रतिद्वन्दितामा वृद्धि हुनेछ । व्यवसाय लाभदायक रहने छ ।

वृश्चिक: हतारमा कुनै पनि गलत कार्य नगर्नु होला । या‍त्रा लाभदायक रहने छ । आम्दानीको नयाँ स्रोत प्राप्त हुनसक्छ ।

धनु: रोजगार प्राप्तिको प्रयास सफल रहने छ । नवीन वस्त्राभूषणमा खर्च हुनेछ । अचानक लाभको योग बन्ने छ ।

मकर: परिवारको आवश्यकताका लागि व्यस्त रहनु हुनेछ । सवारी साधन तथा मेशीनरीको प्रयोगमा विशेष सावधानी अपनाउनु होला । लगानी गर्ने समय होइन ।

कुम्भ: जोखिमपूर्ण कार्य नगर्नु होला । शारीरिक कष्ट सम्भव छ । सुखका साधनहरुमा सोच–विचार गरेर खर्च गर्नु होला ।

मीन: कुनै अपरिचितको कुरामा ध्यान नदिनु होला । सानो प्रयासमै काम सफल हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लाभको अवसर प्राप्त हुनेछ ।

Published Date: 01 June 2024








ताजा
लगातार तेस्रो दिन नेप्सेमा गिरावट, परिसूचक २८०० मुनि झर्‍यो
काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुग्यो
आज तःदिनका अवसरमा भक्तपुरवासी दुगु पूजा मनाउन व्यस्त
सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध भक्तपुरका पत्रकारको आपत्ति, प्रधानमन्त्रीलाई ज्ञापनपत्र








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा