आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, जेठ १९ । आज २०८१ जेठ १९ गते शनिबार, तद्अन्सार १ जुन २०२४ । जेठ कृष्ण नवमी, प्रीति गर पूर्वभाद्र, विश्व आमा–बुवा दिवस, सूर्योदय बिहानः ०५ः०८ बजे, सूर्यास्त साँझ १८ः५५ बजे ।

आजको राशिफल

मेष: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

वृष: कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । परिवार तथा मित्रहरुसंग समय प्रसन्नतापूर्वक व्यतीत हुनेछ ।

मिथुन: व्ययवृद्धिबाट तनाव हुनेछ । कुनै महत्वपूर्ण निर्णय लिन हतार नगर्नु होला । बोलीचालीमा हल्का शब्दको प्रयोगबाट बच्नु होला ।

कर्कट: जीवनसाथीप्रति आभारी हुनु हुनेछ । लाभमा वृद्धि हुनेछ । पारिवारिक प्रसन्नता तथा सन्तुष्टि रहने छ । लगानी शुभ रहने छ ।

सिंह: प्रगति गर्ने अवसर प्राप्त हुनेछ । आम्दानीमा वृद्धि हुनेछ । परिवार अथवा स्नेहीजनसंग विवाद हुनसक्छ ।

कन्या: यात्रा सफल रहने छ । शारीरिक कष्ट हुनसक्छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लगानी शुभ रहने छ ।

तुला: अप्रत्याशित खर्च बढ्ने छ । प्रेम–प्रसंगमा हतार नगर्नु होला । प्रतिद्वन्दितामा वृद्धि हुनेछ । व्यवसाय लाभदायक रहने छ ।

वृश्चिक: हतारमा कुनै पनि गलत कार्य नगर्नु होला । या‍त्रा लाभदायक रहने छ । आम्दानीको नयाँ स्रोत प्राप्त हुनसक्छ ।

धनु: रोजगार प्राप्तिको प्रयास सफल रहने छ । नवीन वस्त्राभूषणमा खर्च हुनेछ । अचानक लाभको योग बन्ने छ ।

मकर: परिवारको आवश्यकताका लागि व्यस्त रहनु हुनेछ । सवारी साधन तथा मेशीनरीको प्रयोगमा विशेष सावधानी अपनाउनु होला । लगानी गर्ने समय होइन ।

कुम्भ: जोखिमपूर्ण कार्य नगर्नु होला । शारीरिक कष्ट सम्भव छ । सुखका साधनहरुमा सोच–विचार गरेर खर्च गर्नु होला ।

मीन: कुनै अपरिचितको कुरामा ध्यान नदिनु होला । सानो प्रयासमै काम सफल हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लाभको अवसर प्राप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
Published Date: 01 June 2024
Website | + posts