‘छक्का पञ्जा-५’ को छायांकन प्रारम्भ, आगामी असोज २४ गतेदेखि प्रदर्शनमा आउने

‘छक्का पञ्जा-५’ को छायांकन प्रारम्भ, आगामी असोज २४ गतेदेखि प्रदर्शनमा आउने : Icon Khabar

काठमाडौं, जेठ १८ । दीपकराज गिरि तथा दीपाश्री निरौलाको समुहले बिहीवारदेखि नयाँ फिल्म ‘छक्का पञ्जा-५’ को छायांकन प्रारम्भ गरेका छन् ।

फिल्मका मुख्य अभिनेता तथा निर्माता गिरीले बिहीवार सामाजिक सञ्जालमा नयाँ पोस्टर शेयर गर्दै आजदेखि छायांकनमा गएको आफ्नो फिल्म यही वर्षको दशैँमा प्रदर्शनमा आउने जानकारी दिएका छन् ।

जस अनुसार यो फिल्म आगामी असोज २४ गते अर्थात फूलपातिका दिनदेखि प्रदर्शनमा आउने छ । सार्वजनिक पोस्टरमा देखिए अनुसार फिल्ममा गिरीसँगै अभिनेत्री वर्षा सिवाकोटी तथा अभिनेता केदार घिमिरे मुख्य भूमिकामा देखिने छन् ।

पोस्टरमा दीपक र वर्षालाई जोडीको रुपमा प्रस्तुत गरिएको छ । राजा गेटअपमा प्रस्तुत भएका दीपकले वर्षालाई रानी बनाएको देखिन्छ । उनीहरूसँगै माग्ने बुढा सेवकको रूपमा उभिएका छन् ।

दीपाश्री निरौलाले निर्देशन गर्ने यो फिल्मले नेपालको अर्थ-सामाजिक आयामलाई व्यंग्य गर्ने निर्माता तथा अभिनेता गिरीको भनाइ छ । फिल्मको छायांकन काभ्रेको पाँचखाल क्षेत्र, पनौति, पोखरा आसपासमा ४५ दिनको सेड्युलमा सम्पन्न गरिने छ ।

आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा बन्न लागेको यो फिल्मका अन्य कलाकारहरुलाई भने सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 May 2024
Website | + posts




ताजा
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो
एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने
जेनजी आन्दोलनको क्रममा प्रहरी जवानको हत्या आरोपमा थप दुई जना पक्राउ
मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने