‘छक्का पञ्जा-५’ को छायांकन प्रारम्भ, आगामी असोज २४ गतेदेखि प्रदर्शनमा आउने

‘छक्का पञ्जा-५’ को छायांकन प्रारम्भ, आगामी असोज २४ गतेदेखि प्रदर्शनमा आउने : Icon Khabar

काठमाडौं, जेठ १८ । दीपकराज गिरि तथा दीपाश्री निरौलाको समुहले बिहीवारदेखि नयाँ फिल्म ‘छक्का पञ्जा-५’ को छायांकन प्रारम्भ गरेका छन् ।

फिल्मका मुख्य अभिनेता तथा निर्माता गिरीले बिहीवार सामाजिक सञ्जालमा नयाँ पोस्टर शेयर गर्दै आजदेखि छायांकनमा गएको आफ्नो फिल्म यही वर्षको दशैँमा प्रदर्शनमा आउने जानकारी दिएका छन् ।

जस अनुसार यो फिल्म आगामी असोज २४ गते अर्थात फूलपातिका दिनदेखि प्रदर्शनमा आउने छ । सार्वजनिक पोस्टरमा देखिए अनुसार फिल्ममा गिरीसँगै अभिनेत्री वर्षा सिवाकोटी तथा अभिनेता केदार घिमिरे मुख्य भूमिकामा देखिने छन् ।

पोस्टरमा दीपक र वर्षालाई जोडीको रुपमा प्रस्तुत गरिएको छ । राजा गेटअपमा प्रस्तुत भएका दीपकले वर्षालाई रानी बनाएको देखिन्छ । उनीहरूसँगै माग्ने बुढा सेवकको रूपमा उभिएका छन् ।

दीपाश्री निरौलाले निर्देशन गर्ने यो फिल्मले नेपालको अर्थ-सामाजिक आयामलाई व्यंग्य गर्ने निर्माता तथा अभिनेता गिरीको भनाइ छ । फिल्मको छायांकन काभ्रेको पाँचखाल क्षेत्र, पनौति, पोखरा आसपासमा ४५ दिनको सेड्युलमा सम्पन्न गरिने छ ।

आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा बन्न लागेको यो फिल्मका अन्य कलाकारहरुलाई भने सार्वजनिक गरिएको छैन ।

Published Date: 31 May 2024


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली