के अब दर्शकले फिल्म ‘सालार २’ हेर्न पाउँला ?

के अब दर्शकले फिल्म ‘सालार २’ हेर्न पाउँला ? : Icon Khabar

मुम्बई, जेठ १५ । २२ डिसेम्बर २०२३ मा रिलिज भएसँगै प्रभासको एक्शन प्याक सागा ‘सालार पार्ट १ – सिजफायर’ ले बक्स अफिसमा सफल भएको थियो । प्रशान्त नीलद्वारा निर्देशित र लेखिएको, यो फिल्म सफल भयो र यसले विश्वभर ७५० करोड भारु कमाई गर्यो ।

योसँगै प्रभासको फिल्म ‘सालार २–शौर्याङ पर्वम’ पनि बन्ने पक्का गरिएको थियो । तर, यसैबीच फिल्मको बारेमा एउटा ठूलो जानकारी बाहिर आएको छ, जसले फ्यानलाई चकित पार्ने निश्चित छ ।

सालार र शौर्याङ्ग जनजातिबीचको द्वन्द्वलाई अझ गहिरो पार्ने वाचा गर्ने ‘सालार भाग २ – शौर्याङ पर्वम’ को सिक्वेलको प्रतिक्षा उच्च थियो । यसअघि पहिलो पार्टमा वरदाको भूमिका निर्वाह गरेका अभिनेता पृथ्वीराज सुकुमारनले सिक्वेलको स्क्रिप्ट अन्तिम चरणमा पुगेको र छायांकन पनि छिट्टै सुरु हुने बताएका थिए ।

तर अब प्रभास र निर्देशक प्रशान्त नीलबीच फिल्मको कथाको विषयमा मतभेदका कारण बहुप्रतिक्षित सिक्वेल अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

साथै निर्देशक प्रशान्तले जुनियर एनटीआरसँगको प्रोजेक्टमा आफ्नो ध्यान केन्द्रित गरेपछि सलार-२ अझ अनिश्चित बनेको मिडिया रिपोर्टमा बताइएको छ ।

अभिनेता प्रभासका आगामी दिनमा ‘कल्की २८९८ एडी’, मारुतिसँग ‘राजु भाइ’ र सन्दीप रेड्डी वाङ्गा निर्देशित ‘स्पिरिट’ लगायतका फिल्म आउदै छन् ।

Published Date: 28 May 2024


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु