चिनियाँ वैज्ञानिकहरुले ‘सेल थेरापी’ मार्फत बनाए मधुमेह निको

चिनियाँ वैज्ञानिकहरुले ‘सेल थेरापी’ मार्फत बनाए मधुमेह निको : Icon Khabar

काठमाडौं, जेठ १५ । चिनियाँ वैज्ञानिकहरुले ‘सेल थेरापी’ मार्फत सफलतापूर्वक एक बिरामीको मधुमेह निको पारेका छन् ।

सेल थेरापी सांघाई चाङझेङ अस्पताल, चाइनिज एकेडेमी अफ साइन्सेज अन्तर्गतको सेन्टर फर एक्सिलेन्स मोलिक्युलर सेल साइन्स र रेन्जी अस्पतालको टोलीले विकास गरेको हो ।

चिनियाँ वैज्ञानिकहरुको यो महत्वपूर्ण उपलब्धीलाई चिकित्सा क्षेत्रमा कोसेढुंगा मानिएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ ।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार एक बिरामीको जुलाई २०२१ मा कोशिका प्रत्यारोपण (सेल ट्रान्सप्लान्ट) गराइएको थियो ।
ट्रान्सप्लान्टको ११ हप्ता भित्रै उक्त बिरामीलाई बाह्य इन्सुलिन आवश्यक पर्न छोडेको बताइएको छ । यस्तै, १ वर्षको अन्तरालमा उनले सुगर नियन्त्रणका लागि बिस्तारै औषधि सेवन कम गर्दै अन्ततः औषधि प्रयोग गर्न नै बन्द गरेको बताइएको छ ।

फलो–अप परीक्षाणहरुले बिरामीको प्यान्क्रियाटिक आइलेटको कार्य प्रभावकारीरुपमा पुनर्स्थापित भएको देखाएको प्रमुख अनुसन्धानकर्ताहरु मध्ये एकले बताएका छन् ।

बिरामी अहिले ३३ महिनादेखि इन्सुलिनमुक्त भइसकेको रिपोर्टमा उल्लेख छ । यो सफलताले मधुमेहको सेल थेरापीमा महत्वपूर्ण प्रगतिको सङ्केत गरेको ब्रिटिस कोलम्बिया विश्वविद्यालयका प्रोफेसर टिमोथी किफरले बताएका छन् ।

मधुमेहले खानालाई उर्जामा रुपान्तरण गर्ने शरीरको क्षमतालाई असर गर्दछ । राम्रोसँग व्यवस्थापन गरिएन भने यदि मधुमेयले गम्भीर जटिलताहरु निम्त्याउँछ ।

परम्परागत उपचारहरुमा इन्सुलिन इंजेक्नसहरू र निरन्तर निगरानी समावेश हुन्छ भने सेल थेरापीमा कोषिकाको प्रत्यारोपढा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 May 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू