रोल्पा सिर्जना महोत्सव: कविता प्रतियोगितामा सिराहाका भट्टराई प्रथम

रोल्पा सिर्जना महोत्सव: कविता प्रतियोगितामा सिराहाका भट्टराई प्रथम : Icon Khabar

काठमाडौँ, जेठ १५ । रोल्पा सिर्जना महोत्सवको पाँचौ संस्करण अन्तर्गत राष्ट्रिय कविता प्रतियोगितामा सिराहा जिल्लाका अविनाश भट्टराई प्रथम भएका छन्।

रोल्पा नगरपालिका, नगर साहित्य, कला तथा सङ्गीत प्रतिष्ठान रोल्पाले आयोजना गरेको प्रतियोगितामा १६३ जना कवि/कवयित्रीलाई पछि पार्दै भट्टराई प्रथम भएका हुन्।

भट्टराईको देशजस्तो शीर्षकको कविता प्रथम भएको हो। उनलाई नगद रु ४० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्रले सम्मान गरिएको छ।

नवलपरासीका अन्जान प्रतीकले स्यान्डग्लास सृष्टिको काउन्टडाउन शीर्षकको कविता दोस्रो भयो। प्रतीकले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राए।

मकवानपुरकी अनिता न्यौपानेले महल्ला नगर्नुस् न, नानीहरू खेलिरहेछन्  शीर्षक कविताबाट तेस्रो भयो। उनले २० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरिन्।

दैलेखका दिपिन सिजापतीको इच्छापत्र र मकवानपुरका सुवास सजलको ऐठन कविताबाट सान्त्वना भयो। दुवैले १०-१० हजार र प्रमाणपत्र प्राप्त पाए।

राष्ट्रिय कविता प्रतियोगिता जेठ ११ र १२ गते लिबाङ र सातदोबाटोमा आयोजना भएको थियो।

राष्ट्रिय कविता प्रतियोगितामा विजय भएका कविकारहरुलाई रोल्पा नगरपालिका, नगर साहित्य,कला तथा साङ्गीत प्रतिष्ठान रोल्पाका अध्यक्ष नवीन लोचन मगर , रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्ती र रोल्पा नगरपालिकाका उपमेयर गीता आचार्यले पुरस्कार तथा प्रमाणपत्र वितरण गरी सम्मान गरेका थिए।

Published Date: 28 May 2024


ताजा
भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्यायो घुम्ती शौचालय, नगरवासी र पर्यटकलाई सहज
७ हजारमा एलपी ग्यास बिक्री गरेको आरोपमा भक्तपुरका तुलसीराम त्वयना पक्राउ
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
सुनको भाउ बढेको बढ्यै


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु