नेपालमा प्रतिव्यक्ति आय दर निरन्तर घट्दै

नेपालमा प्रतिव्यक्ति आय दर निरन्तर घट्दै : Icon Khabar

काठमाडौं, जेठ १३ । नेपालको प्रतिव्यक्ति आय पछिल्ला आर्थिक वर्षहरूमा निरन्तर घट्दै गएको पाइएको छ । खासगरी कोरोना महामारी र त्यसले अर्थतन्त्रमा असर पारेयता प्रतिव्यक्ति आयमा समेत नकारात्मक प्रभाव परेको पाइएको छ ।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार अहिले नेपालको प्रतिव्यक्ति आय वार्षिक १ हजार ४३४ डलर रहेको छ ।
गत आर्थिक वर्षको तुलनामा यस वर्ष ५.७ प्रतिशले मात्र प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन बढेको हो । तर, पछिल्लो १० वर्षको तथ्यांक हेर्दा भने प्रतिव्यक्ति आय औसतः ९.१ प्रतिशतका दरले बढेको थियो ।

पछिल्लो १० वर्षको तथ्यांक हेर्दा आव २०७३/७४ मा सबैभन्दा धेरै १६.९ प्रतिशतको वृद्धिदर रहेको थियो । सबैभन्दा कम भने आव २०७६/७७ मा थियो । सो वर्ष ऋणात्मक वृद्धिदर भई ०.१ प्रतिशतमा झरेको थियो । त्यसपछिको वर्ष १०.९ प्रतिशत र आव २०७८/७९ मा १३.३ प्रतिशतले बढेको भए पनि पछिल्लो दुई आर्थिक वर्षमा भने औसतभन्दा वृद्धिदर खुम्चिएको तथ्यांकले देखाएको छ ।

Published Date: 26 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड