नेपालमा प्रतिव्यक्ति आय दर निरन्तर घट्दै

नेपालमा प्रतिव्यक्ति आय दर निरन्तर घट्दै : Icon Khabar

काठमाडौं, जेठ १३ । नेपालको प्रतिव्यक्ति आय पछिल्ला आर्थिक वर्षहरूमा निरन्तर घट्दै गएको पाइएको छ । खासगरी कोरोना महामारी र त्यसले अर्थतन्त्रमा असर पारेयता प्रतिव्यक्ति आयमा समेत नकारात्मक प्रभाव परेको पाइएको छ ।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार अहिले नेपालको प्रतिव्यक्ति आय वार्षिक १ हजार ४३४ डलर रहेको छ ।
गत आर्थिक वर्षको तुलनामा यस वर्ष ५.७ प्रतिशले मात्र प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन बढेको हो । तर, पछिल्लो १० वर्षको तथ्यांक हेर्दा भने प्रतिव्यक्ति आय औसतः ९.१ प्रतिशतका दरले बढेको थियो ।

पछिल्लो १० वर्षको तथ्यांक हेर्दा आव २०७३/७४ मा सबैभन्दा धेरै १६.९ प्रतिशतको वृद्धिदर रहेको थियो । सबैभन्दा कम भने आव २०७६/७७ मा थियो । सो वर्ष ऋणात्मक वृद्धिदर भई ०.१ प्रतिशतमा झरेको थियो । त्यसपछिको वर्ष १०.९ प्रतिशत र आव २०७८/७९ मा १३.३ प्रतिशतले बढेको भए पनि पछिल्लो दुई आर्थिक वर्षमा भने औसतभन्दा वृद्धिदर खुम्चिएको तथ्यांकले देखाएको छ ।

Published Date: 26 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास