सरकारी सेवामा महिला कर्मचारीको संख्या बढ्यो

सरकारी सेवामा महिला कर्मचारीको संख्या बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ १३ । सरकारी सेवामा महिला कर्मचारी संख्या उल्लेख्य बढेको छ।

आर्थिक सर्वेक्षण २०८१ अनुसार २०८० फागुन मसान्तसम्म सरकारी सेवामा महिलाको प्रतिशत २८.५ पुगेको छ। २०६५ असारमसान्तसम्म सरकारी सेवामा महिला कर्मचारीको संख्या १२ प्रतिशत थियो।

स्वास्थ्य सेवामा महिलाको संख्या सबैभन्दा बढी रहेको छ। स्वास्थ्य सेवामा कार्यरत कमर्चारीमध्ये महिला ४९.७ प्रतिशत रहेको आर्थिक सर्वेक्षणले देखाएको छ।

संवैधानिक पदाधिकारीमा भने जम्मा ८.५ प्रतिशत मात्रै महिला कर्मचारी रहेका छन्।

आर्थिक योजना तथा तथ्यांक सेवामा १४.२, कृषि सेवामा २१.५, प्रशासन सेवामा १७.८, वन सेवामा १३.२, शिक्षा सेवामा २५ प्रतिशत महिला आवद्ध छन्।

त्यस्तै विविध सेवामा ४० प्रतिशत, इन्जिनियरिङ सेवामा १५.९ प्रतिशत, न्याय सेवामा २३.५ प्रतिशत र परराष्ट्रमा २३.३ प्रतिशत कर्मचारी रहेका छन्।

Published Date: 26 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास