सरकारी सेवामा महिला कर्मचारीको संख्या बढ्यो

सरकारी सेवामा महिला कर्मचारीको संख्या बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ १३ । सरकारी सेवामा महिला कर्मचारी संख्या उल्लेख्य बढेको छ।

आर्थिक सर्वेक्षण २०८१ अनुसार २०८० फागुन मसान्तसम्म सरकारी सेवामा महिलाको प्रतिशत २८.५ पुगेको छ। २०६५ असारमसान्तसम्म सरकारी सेवामा महिला कर्मचारीको संख्या १२ प्रतिशत थियो।

स्वास्थ्य सेवामा महिलाको संख्या सबैभन्दा बढी रहेको छ। स्वास्थ्य सेवामा कार्यरत कमर्चारीमध्ये महिला ४९.७ प्रतिशत रहेको आर्थिक सर्वेक्षणले देखाएको छ।

संवैधानिक पदाधिकारीमा भने जम्मा ८.५ प्रतिशत मात्रै महिला कर्मचारी रहेका छन्।

आर्थिक योजना तथा तथ्यांक सेवामा १४.२, कृषि सेवामा २१.५, प्रशासन सेवामा १७.८, वन सेवामा १३.२, शिक्षा सेवामा २५ प्रतिशत महिला आवद्ध छन्।

त्यस्तै विविध सेवामा ४० प्रतिशत, इन्जिनियरिङ सेवामा १५.९ प्रतिशत, न्याय सेवामा २३.५ प्रतिशत र परराष्ट्रमा २३.३ प्रतिशत कर्मचारी रहेका छन्।

Published Date: 26 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड