काठमाडौंको तापक्रम ३३.४ डिग्री सेल्सियस पुग्यो, नेपालगञ्जमा ४१.२ डिग्री सेल्सियस मापन

काठमाडौंको तापक्रम ३३.४ डिग्री सेल्सियस पुग्यो, नेपालगञ्जमा ४१.२ डिग्री सेल्सियस मापन : Icon Khabar

काठमाडौ, जेठ १३ । केही दिनयता पश्चिम तराइका धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । जसका कारण अत्याधिक गर्मी महसुस हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागले ती भेगका बासिन्दालाई गर्मीबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान पौने ९ बजे सार्वजनिक गरेको १६ स्थानको विवरणमध्ये नेपालगञ्जको अधिकतम तापक्रम सबैभन्दा बढी ४१.२ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै, धनगढीमा ४१, भैरहवामा ४०.७, जनकपुरमा ४० र काठमाडौंमा ३३.४ डिग्री सेल्सियस तापक्रम पुगेको छ । आज ओखलढुंगाको सबैभन्दा कम तापक्रम २८.२ डिग्री सेल्सियस मापन गरिएको छ । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा समेत गर्मी हुन थालेको छ ।

Published Date: 26 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास