काठमाडौंको तापक्रम ३३.४ डिग्री सेल्सियस पुग्यो, नेपालगञ्जमा ४१.२ डिग्री सेल्सियस मापन

काठमाडौंको तापक्रम ३३.४ डिग्री सेल्सियस पुग्यो, नेपालगञ्जमा ४१.२ डिग्री सेल्सियस मापन : Icon Khabar

काठमाडौ, जेठ १३ । केही दिनयता पश्चिम तराइका धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । जसका कारण अत्याधिक गर्मी महसुस हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागले ती भेगका बासिन्दालाई गर्मीबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान पौने ९ बजे सार्वजनिक गरेको १६ स्थानको विवरणमध्ये नेपालगञ्जको अधिकतम तापक्रम सबैभन्दा बढी ४१.२ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै, धनगढीमा ४१, भैरहवामा ४०.७, जनकपुरमा ४० र काठमाडौंमा ३३.४ डिग्री सेल्सियस तापक्रम पुगेको छ । आज ओखलढुंगाको सबैभन्दा कम तापक्रम २८.२ डिग्री सेल्सियस मापन गरिएको छ । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा समेत गर्मी हुन थालेको छ ।

Published Date: 26 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड