किकम्पा मन्टेश्वरीमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत

किकम्पा मन्टेश्वरीमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत : Icon Khabar

भक्तपुर, जेठ १३ । किकम्पा मन्टेश्वरी प्रि स्कूल इतबुं,सुर्यविनायक भक्तपुरमा नयाँ शैक्षिक सत्र २०८१ सालमा विद्यालयमा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुका लागि स्वागत कार्यक्रम आयोजना भएको छ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजेश लाखा तथा अध्यापनरत शिक्षक शिक्षिकाहरुले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै विद्यालयले अभिभावकहरुको माग अनुसार “Any thing is possible when learning is fun ” नीति अपनाउदै शान्त वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको कुरामा जोड दिए।

सो कार्यक्रममा एकेडेमीक इन्चार्ज इन्दिरा आचार्य, इसिए इन्चार्ज बिन्द्रा पंच, शिक्षिकाहरु जमुना ब्यान्जु अस्मिता न्याखुसिले विद्यार्थीहरुको सुन्दर भविष्यको लागि आफुहरु सतर्क रहनु पर्ने र शिक्षा क्षेत्रमा अपडेट भैरहनुपर्नेमा जोड दिए।

कार्यक्रममा स्कूलका शिक्षक दिल सुवालले पनि बोलेका थिए।

Published Date: 26 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड