पाकिस्तानमा इमरान खानको केन्द्रीय सचिवालयमा चल्यो डोजर

पाकिस्तानमा इमरान खानको केन्द्रीय सचिवालयमा चल्यो डोजर : Icon Khabar

काठमाडौं, जेठ ११ । पाकिस्तानमा इमरान खानको तहरीक–ए–इन्साफ (पीटीआई)को कार्यालयमा डोजर चलाइएको छ ।

राजधानी विकास प्राधिकरणले इस्लामाबादमा रहेको पाकिस्तान पीटीआईको केन्द्रीय सचिवालयको एक भाग ध्वस्त पारेको छ । सीडीएको अतिक्रमण विरोधी टोलीले विहीवारदेखि अवैध निर्माण तथा अतिक्रमण हटाउन अभियान चलाएको थियो । उक्त टोलीले जिल्ला प्रशासनसँग मिलेर पीटीआईको मुख्यालयलाई सिल गरेको थियो ।

पार्टी कार्यालयमा सरकारी संयन्त्रबाटै क्षति पुगेपछि इमरानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफले वर्तमान सरकारको आलोचना गरेको छ । पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती भने जेलमा छन् । पीटीआईका अध्यक्ष ब्यारिस्टर गौहर अलीले सीडीएसँग भवनमा डोजर चलाउने कुनै अनुमति नै नभएको बताउँदै पूर्व सूचना विना काम गरेको आरोप लगाए ।

पीटीआई अध्यक्षले परिसरमा कुनै अवैध निर्माण नभएको दाबी गरे ।

पीटीआईका महासचिव र राष्ट्रिय सभामा विपक्षी दलका नेता उमर अयुबले आन्तरिक मन्त्री मोहसिन नक्वीलाई पार्टी कार्यालय भवनमा डोजर लगाएर गैरकानूनी काम गरेको बताए ।

Published Date: 24 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास