हिट स्ट्रोकले शाहरुख खान अस्पताल भर्ना

हिट स्ट्रोकले शाहरुख खान अस्पताल भर्ना : Icon Khabar

मुम्बई जेठ १० । बलिउडका अभिनेता शाहरुख खान अस्पताल भर्ना भएका छन् । मङ्गलवार अहमदावादमा आईपीएल म्याच हेर्न गएका उनलाई हिट स्ट्रोक आएपछि अस्पताल भर्ना गरिएको हो ।

कोलकोत्ता नाइट राइडर्सका शेयरधनी समेत रहेका शाहरुख आफ्नो टिमको हौसला बढाउन छोराछोरीसहित अहमदावाद पुगेका थिए । जहाँ उनलाई हिट स्ट्रोक भएको थियो । अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्राको कमीले गर्दा उनलाई डिहाइड्रेसन भएपछि केडी अस्पतालमा भर्ना गरिएको थियो । कोलकोत्ताकी शेयरधनी रहेकी जुही चावला र शाहरुख खानकी पत्नी अस्पताल पुगेकी छिन् ।

शाहरुखलाई भेटे पछि जुही चावलाले उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै चिन्ताको विषय नरहेको बताइन् । उनले शाहरुखको स्वास्थ्य अवस्था सुधार हुँदै गएको र उनी चाँडै स्वस्थ भएर फाइनल म्याचका लागि स्टेडियममै उपस्थित हुने पनि बताइन् । कोलकोत्ता नाइट राइडर्स जारी आईपीएलको फाइनलमा पुगिसकेको छ । अब उपाधिका लागि उसले सनराइजर्स हैदरावाद र राजस्थान रोयल्समध्येको विजेतासँग भिड्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 May 2024
Website | + posts
ताजा
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
योमारी पुन्हीको अवसरमा भक्तपुरमा ‘योमारी पुन्ही म्युजिक फेस्टिभल–२०८२’ सम्पन्न
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान, अहिले अपरान्ह ४ बजे बालुवाटारमा बस्ने
‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने


ट्रेन्डिङ
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
आइतबार नेप्से परिसूचक ३०.०२ अंकले घट्यो