हिट स्ट्रोकले शाहरुख खान अस्पताल भर्ना

हिट स्ट्रोकले शाहरुख खान अस्पताल भर्ना : Icon Khabar

मुम्बई जेठ १० । बलिउडका अभिनेता शाहरुख खान अस्पताल भर्ना भएका छन् । मङ्गलवार अहमदावादमा आईपीएल म्याच हेर्न गएका उनलाई हिट स्ट्रोक आएपछि अस्पताल भर्ना गरिएको हो ।

कोलकोत्ता नाइट राइडर्सका शेयरधनी समेत रहेका शाहरुख आफ्नो टिमको हौसला बढाउन छोराछोरीसहित अहमदावाद पुगेका थिए । जहाँ उनलाई हिट स्ट्रोक भएको थियो । अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्राको कमीले गर्दा उनलाई डिहाइड्रेसन भएपछि केडी अस्पतालमा भर्ना गरिएको थियो । कोलकोत्ताकी शेयरधनी रहेकी जुही चावला र शाहरुख खानकी पत्नी अस्पताल पुगेकी छिन् ।

शाहरुखलाई भेटे पछि जुही चावलाले उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै चिन्ताको विषय नरहेको बताइन् । उनले शाहरुखको स्वास्थ्य अवस्था सुधार हुँदै गएको र उनी चाँडै स्वस्थ भएर फाइनल म्याचका लागि स्टेडियममै उपस्थित हुने पनि बताइन् । कोलकोत्ता नाइट राइडर्स जारी आईपीएलको फाइनलमा पुगिसकेको छ । अब उपाधिका लागि उसले सनराइजर्स हैदरावाद र राजस्थान रोयल्समध्येको विजेतासँग भिड्ने छ ।

Published Date: 23 May 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग