आज बिहिबारको राशिफल

आज बिहिबारको राशिफल : Icon Khabar

काठमाडौं, जेठ १० । आज २०८१ जेठ १० गते बिहीबार, तद्अनुसार २३ मे २०२४ । आज उत्तरायणं ग्रिष्म ऋतु, शुक्ल पक्षको पूर्णिमा तिथि, अनुराधा नक्षत्र, परिध योग, चन्द्रराशि वृश्चिक, आज बुद्ध पूर्णिमा अर्थात बुद्ध जयन्ती, सूर्योदयः बिहान ०५ः१२ बजे, सूर्यास्त साँझः ०६ः५१ बजे ।

आजको राशिफल

मेष: व्यावसायिक यात्रा सफल रहने छ । स्वास्थ्य कमजोर रहनसक्छ । धर्म–कर्ममा रुचि रहने छ । लाभको अवसर हात पर्नेछ ।

वृष: व्यवसाय सामान्य चल्ने छ । ठूलाको सल्लाह मान्नु होला, लाभ हुनेछ । अपेक्षित कार्यमा विलम्ब हुनेछ ।

मिथुन: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । परिवारका कुनै सदस्यको स्वास्थ्यको चिन्ता रहने छ । लगानी शुभ रहने छ ।

कर्कट: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । स्थायी सम्पत्तिको कार्यले ठूलो लाभ दिनेछ । आर्थिक उन्नतिको प्रयास सफल रहने छ । लगानी शुभ रहने छ ।

सिंह: विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । कनै उत्सवमा भाग लिने मौका पाइने छ । यात्रा मनोरञ्जक रहने छ ।

कन्या: लाभको अवसर हातबाट निस्कने छ । बढी प्रयास गर्नु पर्नेछ । धैर्यता कायम गर्नु होला ।

तुला: पराक्रम बढ्ने छ । लामो समयदेखि रोकिएको कार्य सहज रूपमा पूर्ण हुनेछ । कार्यको प्रशंसा हुनेछ । प्रशन्नता रहने छ ।

वृश्चिक: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । प्रसन्नताको माहौल रहने छ । घरमा पाहुनाहरुको आगमन हुनेछ ।

धनु: आँखाको स्वास्थ्यमा ध्यान दिनु होला । बोलीमा नियन्त्रण राख्नु होला । प्रसन्नता रहने छ । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ ।

मकर: व्यवसायको गति सुस्त रहने छ । आम्दानीमा कमि आउने छ । कुनै ठूलो समस्या आउन सक्छ, धैर्यता कायम राख्नु होला ।

कुम्भ: प्रसन्नता रहने छ । सुखका साधन प्राप्त हुनेछन् । व्यावसायिक यात्रा सफल रहने छ ।

मीन: आराम तथा मनोरञ्जनको साधन उपलब्ध हुनेछ । यश बढ्ने छ । व्यापार वृद्धि हुनेछ । नयाँ योजना बन्ने छ ।

Published Date: 23 May 2024








ताजा
लगातार तेस्रो दिन नेप्सेमा गिरावट, परिसूचक २८०० मुनि झर्‍यो
काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुग्यो
आज तःदिनका अवसरमा भक्तपुरवासी दुगु पूजा मनाउन व्यस्त
सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध भक्तपुरका पत्रकारको आपत्ति, प्रधानमन्त्रीलाई ज्ञापनपत्र








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा