राजस्थान विरुद्ध हार बेहोर्दै आरसिबि बाहिरियो

राजस्थान विरुद्ध हार बेहोर्दै आरसिबि बाहिरियो : Icon Khabar

काठमाडौँ, जेठ १० । इलिमिनेटर खेलमा राजस्थान रोयल्स विरुद्ध पराजित हुदै रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) इंडियन प्रिमियर लिग (आईपिएल) बाट बाहिरिएको छ । फाइनल सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा राजस्थान विरुद्ध ४ विकेटले पराजित हुँदै आरसिबि बाहिरिएको हो ।

जित दर्ता गर्ने क्रममा आरसिबिले दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेटायो । राजस्थानका लागि यशस्वी जैसवालले ३० बल खेल्दै ८ चौका सहित सर्वाधिक ४० रन बनाए । यस्तै रियान परागले २६ बलमा ३६ रन जोडे । सिमरन हेटमायरले २६ तथा टम कोहलर-क्याडमोरले २० रन बनाए ।

आरसिबिका लागि मोहम्मद सिराजले २ विकेट लिँदा लोकि फर्गुसन, कर्न शर्मा र क्यामरन ग्रीनले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७२ रन बनायो । आरसिबिका लागि रजत पतिदरले २२ बलमा बनाएको ३४ रन नै सर्वाधिक रह्यो । यस्तै विराट कोहलीले ३३ रन बनाउँदा महिपाल लोम्रोरले ३२ रन जोडे । क्यामरन ग्रीनले २७ रन बनाए ।

राजस्थानका लागि आवेश खानले ३ तथा रविचन्द्रण आश्विनले २ विकेट लिए । ट्रेन्ट बोल्ट, सन्दिप शर्मा र युजभेन्द्र चहलले १-१ विकेट लिए ।

राजस्थानले अब क्वालिफायर १ को पराजित टोली सनराईजर्स हैदराबाद विरुद्ध फाइनल प्रवेशका लागि आउँदो शुक्रवार खेल्नेछ । हैदराबादलाई हराउँदै कोलकत्ता नाइट राइडर्स यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।–एजेन्सी

Published Date: 23 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड