राजस्थान विरुद्ध हार बेहोर्दै आरसिबि बाहिरियो

राजस्थान विरुद्ध हार बेहोर्दै आरसिबि बाहिरियो : Icon Khabar

काठमाडौँ, जेठ १० । इलिमिनेटर खेलमा राजस्थान रोयल्स विरुद्ध पराजित हुदै रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) इंडियन प्रिमियर लिग (आईपिएल) बाट बाहिरिएको छ । फाइनल सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा राजस्थान विरुद्ध ४ विकेटले पराजित हुँदै आरसिबि बाहिरिएको हो ।

जित दर्ता गर्ने क्रममा आरसिबिले दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेटायो । राजस्थानका लागि यशस्वी जैसवालले ३० बल खेल्दै ८ चौका सहित सर्वाधिक ४० रन बनाए । यस्तै रियान परागले २६ बलमा ३६ रन जोडे । सिमरन हेटमायरले २६ तथा टम कोहलर-क्याडमोरले २० रन बनाए ।

आरसिबिका लागि मोहम्मद सिराजले २ विकेट लिँदा लोकि फर्गुसन, कर्न शर्मा र क्यामरन ग्रीनले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७२ रन बनायो । आरसिबिका लागि रजत पतिदरले २२ बलमा बनाएको ३४ रन नै सर्वाधिक रह्यो । यस्तै विराट कोहलीले ३३ रन बनाउँदा महिपाल लोम्रोरले ३२ रन जोडे । क्यामरन ग्रीनले २७ रन बनाए ।

राजस्थानका लागि आवेश खानले ३ तथा रविचन्द्रण आश्विनले २ विकेट लिए । ट्रेन्ट बोल्ट, सन्दिप शर्मा र युजभेन्द्र चहलले १-१ विकेट लिए ।

राजस्थानले अब क्वालिफायर १ को पराजित टोली सनराईजर्स हैदराबाद विरुद्ध फाइनल प्रवेशका लागि आउँदो शुक्रवार खेल्नेछ । हैदराबादलाई हराउँदै कोलकत्ता नाइट राइडर्स यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।–एजेन्सी

Published Date: 23 May 2024
ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
देशभर मनसुनी वायुको प्रभाव: आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना
अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय