कोलकाता चौथो पटक फाइनलमा, हारपछि पनि हैदराबादसंग अझै एक मौका

कोलकाता चौथो पटक फाइनलमा, हारपछि पनि हैदराबादसंग अझै एक मौका : Icon Khabar

काठमाडौँ, जेठ ९ । श्रेयस अय्यरको कप्तानी रहेको कोलकाता नाइट राइडर्स (केकेआर) ले विष्फोटक प्रदर्शन गर्दै इन्डियन प्रीमियर लीग (आईपीएल) २०२४ को फाइनलमा प्रवेश गरेको छ । केकेआरको यो आईपीएल इतिहासमा चौथो पटक फाइनलमा प्रवेश भएको छ ।

मंगलवार राति केकेआरले आईपीएल २०२४ को पहिलो क्वालिफायर खेल खेलेको हो , जसमा प्याट कमिन्सको कप्तानी रहेको सनराइजर्स हैदराबाद (एसआरएच) लाई ८ विकेटले पराजित गर्न सफल भयो । यो हारपछि पनि हैदराबादको टीमले अर्को एक मौका पाएको छ र यो टीमले क्वालिफायर–२ समेत खेल्न पाउने छ ।

केकेआरले यसअघि २०१२ तथा २०१४ को आईपीएल सीजनको फाइनलमा प्रवेश गरेको थियो र दुबै पटक गौतम गम्भिरको कप्तानीमा उपाधि नै जितेको थियो । त्यसपछि २०२१ सीजनमा ओएन मोर्गनको कप्तानीमा फाइनलमा पुगेको थियो, त्यो बेला चेन्नई सुपर किङ्ससंग फाइनलमा हारेको थियो । अहिले चौथो पटक फाइनलमा प्रवेश गरेको हो ।

यो क्वालिफायर–१ प्रतिस्पर्धामा टस जितेर पहिला ब्याटिङ गर्दै हैदराबादले १६० रनको लक्ष्य प्रस्तुत गरेको थियो । यसको जवाफमा केकेआरले दुई विकेट गुमाएर १३.४ ओभरमै खेल आफ्नो पक्षमा पार्दै फाइनलमा प्रवेश गर्यो ।

केकेआरका लागि कप्तान श्रेयस अय्यरले २४ बलमा अविजित ५८ रनको इनिङ खेले भने वेंकटेश अय्यरले २८ बलमा अविजित ५१ रन बनाए । दुबैले तेस्रो विकेटका लागि ४४ बलमा ९७ रनको अविजित साझेदारी गरे । हैदराबादका लागि प्याट कमिन्स तथा टी नटराजनले समान एक विकेट लिए ।

त्यसअघि, अमहदाबादको नरेन्द्र मोदी स्टेडियममा जारी यो खेलमा हैदराबादका कप्तान प्याट कमिन्सले टस जितेर पहिला ब्याटिङ गर्दै केकेआर टीमलाई जीतका लागि १६० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

टस जितेर पहिला ब्याटिङ गर्दै हैदराबाद टीमको सुरुवात निकै खराब रह्यो । टीमले ३४९ रनमै चार विकेट गुमाएको थियो । त्यसपछि राहुल त्रिपाठीले ३५ बलमा ५५ रन तथा हेनरिक क्लासेनले २१ बलमा ३२ रनको इनिङ खेलेर टीमलाई १५९ रनको सम्मानजनक योगफलसम्म पुर्याए ।

त्रिपाठी तथा क्लासेनबीच पाँचौं विकेटका लागि ३७ बलमा ६२ रनको साझेदारी भयो । खेलको अन्त्यमा प्याट कमिन्सले ३० रन जोडे । उनीहरुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले २० रनको आँकडा छुन सकेनन् । जबकि, केकेआरको टीमका लागि तिब्र गतिका बलर मिचेल स्टार्कले सबैभन्दा बढी तीन विकेट लिए भने वरुण चक्रवर्तीले दुई विकेट लिए । वैभव अरोडा, सुनील नारायण, आन्द्रे रेसल तथा हर्षित राणाले एक–एक सफलता हासिल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 22 May 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने