राष्ट्रिय सहकारी महासंघले सहकारी रोजगार मेला आयोजना गर्ने

राष्ट्रिय सहकारी महासंघले सहकारी रोजगार मेला आयोजना गर्ने : Icon Khabar

काठमाडौँ, जेठ ८ । राष्ट्रिय सहकारी महासंघले दक्ष युवा मानवशक्ति आकर्षण गर्दै सहकारीमार्फत बेरोजगारी न्युनिकरणमा योगदान दिने उद्देश्यले सहकारी रोजगार मेला आयोजना गर्ने भएको छ ।

महासंघको आइतबार बसेको बोर्ड बैठकले २०८१ असार ७ देखि ९ गतेसम्म महासंघ परिसरभित्र पहिलो सहकारी रोजगार मेला आयोजना गर्ने निर्णय गरेको हो ।

महासंघका अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा आइतबार भर्चुअल रुपमा बसेको बोर्ड बैठकले नेपाल सरकार, केन्द्रीय सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंकलगायत अन्य सहकारी संघ/संस्था तथा निकायहरुसँगको सहयोग र समन्वयमा मेला आयोजना गर्ने निर्णय गरेको हो ।

साथै बैठकले सहकारी अभियानको मर्यादाक्रमको सूची स्विकृत गरेको छ । नेपालको सहकारी अभियानका कार्यक्रमलाई मर्यादित, व्यवस्थित र विादरहित बनाउन सहकारी अभियानको मर्यार्दाक्रम सुची तयार भएको महासंघका अध्यक्ष मल्लले बताईन ।

साथै महासंघले सहकारी क्षेत्रमा आइपर्ने समस्या एवं चुनौतीहरु समाधानमा समन्वय तथा सुझाव लिन विज्ञ समूह गठन गर्ने भएको छ । आइतबारको बैठकले विज्ञ समूह निर्माण तथा संचालन विधि समेत पास गरेको छ । विभिन्न क्षेत्रका विज्ञहरुलाई समेटेर छिट्टै विज्ञ समूह गठन गरिने अध्यक्ष मल्लले बताईन ।

आइतबारको बोर्ड बैठकले महासंघको आगामी आर्थिक बर्ष २०८१/०८२ को बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गर्न वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलको संयोजकत्वमा कार्यक्रम तथा बजेट मस्यौदा उपसमिति गठन गरेको छ ।

सो समितिको सदस्यहरुमा महासंघका उपाध्यक्ष खेम बहादुर पाठक र उपाध्यक्ष डिवी बस्नेत छन् । साथै युवा समन्वय उपसमितिको संयोजकमा संचालक सुमन नेपाललाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

Published Date: 21 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड