मंगलबार सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले घट्यो

मंगलबार सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, जेठ ८ । सुनको मूल्य मंगलबार तोलामा १२ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले घटेर १ लाख ४० हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन अहिलेसम्मकै उच्च १ लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४१ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५५ रुपैयाँले घटेर १८ सय ८५ रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको भाउ प्रतितोला १९ सय ४० रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ४१३.१६ डलर र चाँदी प्रतिऔंस ३१.३६ डलरमा कारोबार भइरहेको छ ।

Published Date: 21 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास