मंगलबार सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले घट्यो

मंगलबार सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, जेठ ८ । सुनको मूल्य मंगलबार तोलामा १२ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले घटेर १ लाख ४० हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन अहिलेसम्मकै उच्च १ लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४१ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५५ रुपैयाँले घटेर १८ सय ८५ रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको भाउ प्रतितोला १९ सय ४० रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ४१३.१६ डलर र चाँदी प्रतिऔंस ३१.३६ डलरमा कारोबार भइरहेको छ ।

Published Date: 21 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड