प्रधानमन्त्री दाहाललाई ओलीको बधाई

प्रधानमन्त्री दाहाललाई ओलीको बधाई : Icon Khabar

काठमाडौं, जेठ ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएपछि सत्ता घटक प्रमुख दल नेकपा (एमाले) का संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन् ।

संसद् बैठकबाट विश्वासको मत प्राप्त गरेपछि अध्यक्ष ओलीले संसद् भवनमै प्रधानमन्त्री प्रचण्डको कार्यकक्षमा गएर बधाई ज्ञापन गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद् बैठकको बेल घेराउ गरी विरोध गरिरहेकै बेला सभामुख देवराज घिमिरेले विश्वासको मत लिने प्रक्रिया सुरु गरेका थिए । सोअघि प्रमुख नेता तथा कार्यदल र कार्यव्यवस्था परामर्श समिति बैठकमा सदन खुलाउनेबारे छलफल भए पनि सहमति हुन सकेको थिएन ।

Published Date: 20 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड