आइपीएल : गुजरातको प्लेअफ सम्भावना सकियो

आइपीएल : गुजरातको प्लेअफ सम्भावना सकियो : Icon Khabar

काठमाडौँ, जेठ १ । इन्डियन प्रिमियर लिग (आइपीएल)मा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल बर्षाका कारण रद्द भएको छ। आइतबार रातिको खेल रद्द भएसँगै दुवै टिमले एक एक अंक लिए। यसले गुजरात टाइटन्सलाई कुनै फाइदा भएन। तर, कोलकाता भने शीर्ष दुईभित्र रहेर क्वालीफायर १ खेल्ने पक्का भएको छ।

कुनै न कुनै रूपमा प्लेअफमा पुग्न शुभमन गिलको नेतृत्वमा रहेको गुजरात टाइटन्सले आफ्ना दुवै खेल जितेर १४ अंक जोड्नु परेको थियो र त्यसपछि अन्य टोलीको नतिजामा भर परेको थियो। तर, केकेआरविरुद्धको खेल रद्द भएपछि टोलीले एक अंक मात्र पाएको छ र अहिले १३ खेलबाट ११ अंक जोड्दै आठौं स्थानमा छ।

यस्तो अवस्थामा गुजरातको टोलीले आफ्नो अन्तिम खेल जित्यो भने पनि उसको १३ अंक मात्रै रहने छ, जहाँ हाल १४ वा सोभन्दा बढी अंक भएका चार टोली छन्। यस आधारमा अब गुजरात टाइटन्सको अगाडि बढ्ने सबै सम्भावना समाप्त भएको छ।

हालको सिजनमा केकेआरको प्रदर्शन निकै राम्रो रह्यो र टोलीले प्लेअफमा पनि स्थान बनाएको थियो। यससँगै आइतबारको खेल रद्द भएपछि उसको अब १३ खेलमा १९ अंक छ र टोली पहिलो स्थानमा छ भने एक खेल बाँकी छ। १६ अंक र दुई खेल बाँकी रहेको राजस्थान रोयल्सले मात्र कोलकाताको टोलीलाई उछिन्न सक्छ। यस्तो अवस्थामा श्रेयस अयरको टोली दोस्रो स्थानमा रहे पनि क्वालिफायर १ खेल्ने पक्का छ।

Published Date: 14 May 2024


ताजा
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली