आइपीएल : गुजरातको प्लेअफ सम्भावना सकियो

आइपीएल : गुजरातको प्लेअफ सम्भावना सकियो : Icon Khabar

काठमाडौँ, जेठ १ । इन्डियन प्रिमियर लिग (आइपीएल)मा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल बर्षाका कारण रद्द भएको छ। आइतबार रातिको खेल रद्द भएसँगै दुवै टिमले एक एक अंक लिए। यसले गुजरात टाइटन्सलाई कुनै फाइदा भएन। तर, कोलकाता भने शीर्ष दुईभित्र रहेर क्वालीफायर १ खेल्ने पक्का भएको छ।

कुनै न कुनै रूपमा प्लेअफमा पुग्न शुभमन गिलको नेतृत्वमा रहेको गुजरात टाइटन्सले आफ्ना दुवै खेल जितेर १४ अंक जोड्नु परेको थियो र त्यसपछि अन्य टोलीको नतिजामा भर परेको थियो। तर, केकेआरविरुद्धको खेल रद्द भएपछि टोलीले एक अंक मात्र पाएको छ र अहिले १३ खेलबाट ११ अंक जोड्दै आठौं स्थानमा छ।

यस्तो अवस्थामा गुजरातको टोलीले आफ्नो अन्तिम खेल जित्यो भने पनि उसको १३ अंक मात्रै रहने छ, जहाँ हाल १४ वा सोभन्दा बढी अंक भएका चार टोली छन्। यस आधारमा अब गुजरात टाइटन्सको अगाडि बढ्ने सबै सम्भावना समाप्त भएको छ।

हालको सिजनमा केकेआरको प्रदर्शन निकै राम्रो रह्यो र टोलीले प्लेअफमा पनि स्थान बनाएको थियो। यससँगै आइतबारको खेल रद्द भएपछि उसको अब १३ खेलमा १९ अंक छ र टोली पहिलो स्थानमा छ भने एक खेल बाँकी छ। १६ अंक र दुई खेल बाँकी रहेको राजस्थान रोयल्सले मात्र कोलकाताको टोलीलाई उछिन्न सक्छ। यस्तो अवस्थामा श्रेयस अयरको टोली दोस्रो स्थानमा रहे पनि क्वालिफायर १ खेल्ने पक्का छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 May 2024
Website | + posts
ताजा
पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा
भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध
बिहिबार सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू