आइपीएलमा हैदरावादले रच्यो इतिहास

आइपीएलमा हैदरावादले रच्यो इतिहास : Icon Khabar

काठमाडौं, वैशाख २७ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले १० ओभरमै खेल जित्दै इतिहास रचेको छ। बुधबार राति भएको खेलमा हैदरावादले लखनऊ सुपर जायन्टसले दिएको १६६ रनको चुनौतीपूर्ण लक्ष्य ९.४ ओभरमा पूरा गरेको हो। जितसँगै हैदरावाद १२ खेलबाट १४ अंक बनाएर तालिकाको तेस्रो स्थनमा उक्लिएको छ। रनरेटमा पनि सुधार गरेको हैदरावाद प्लेअफमा पुग्ने सम्भावना पनि अत्याधिक बढेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली लखनऊका निकोलस पुरन र आयुष बडोनीको उत्कृष्ट साझेदारीका कारण लखनउले हैदरावादलाई १६६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। हैदरावादका लागि ओपनिङ ब्याट्सम्यानले यो लक्ष्य १० औं ओभरमा नै पुरा गरेर इतिहास रच्न सफल भए।

पहिला ब्याटिङ गर्दा लखनऊ सुपर जाइन्ट्सले पावरप्लेको ६ ओभरमा २ विकेट गुमाएर २७ रन मात्र जोडेको थियो। ओपनर क्विन्टन डी कक २ रन बनाएर सुरुमै आउट भए भने मार्कस स्टोइनिस ३ रन बनाएर आउट भए। यी दुवै ब्याट्सम्यानलाई भुवनेश्वर कुमारले पभेलियन पठाए। कप्तान राहुलले मध्यक्रममा सुस्त पारी खेल्दै ३३ बलमा २९ रन मात्र बनाए। राहुलको महत्वपूर्ण विकेट प्याट कमिन्सले लिए। यसपछि २४ रनमा ब्याटिङ गरिरहेका क्रुणाल पाण्ड्या रनआउट भए। एक समय लखनउले ६६ रनमा ४ विकेट गुमाएको थियो भने आयुष बडोनी र निकोलस पुरनले ५औं विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए।

निकोलस पूरनले २६ बलमा ६ चौका र १ छक्का सहित ४८ रन बनाए भने आयुष बडोनीले ९ चौका प्रहार गर्दै ५५ रनको महत्वपूर्ण इनिङ खेले। यी दुई ब्याट्सम्यानबीच ९९ रनको उत्कृष्ट साझेदारी थियो। निर्धारित ओभरमा लखनऊले ४ विकेटको नोक्सानीमा १६५ रन बनायो। सनराइजर्स हैदरावादका भुवनेश्वर कुमारले सर्वाधिक दुई विकेट लिए भने प्याट कमिन्सले एक विकेट लिए।

१६६ रनको लक्ष्य पछ्याउने क्रममा ट्राभिस हेड र अभिषेक शर्माले तुफानी पारि खेले। पावरप्लेको पहिलो ६ ओभरमा दुवै ब्याट्सम्यानले १०७ रन बनाएका थिए भने लक्ष्य ९.४ ओभरमा पुरा भएको थियो। अभिषेक शर्माले २८ बलमा ८ चौका र ६ छक्का सहित ७५ रन बनाए। अर्को छेउमा ट्राभिस हेडले ३० बलमा ८९ रन बनाए। हेडले आफ्नो इनिङ्समा ८ चौका र ८ छक्का प्रहार गरे। हेड र अभिषेकको अगाडि लखनउका सबै बलर प्रभावहीन साबित भएका थिए।

आइपीएलमा आज राति पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बेंग्लुरु आमने सामने हुने छन्। खेल पौने ८ बजे सुरुहुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 May 2024
Website | + posts