बढ्यो सर्वोत्तम सिमेन्टको नाफा

बढ्यो सर्वोत्तम सिमेन्टको नाफा : Icon Khabar

काठमाडौं, वैशाख २५ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सर्वोत्तम सिमेन्टको खुद नाफा ३२.३० प्रतिशतले बढेर १२ करोड ७ लाख ६९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ९ करोड १२ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा सञ्चालन नाफा र अन्य स्रोतबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो ।

सञ्चालन नाफा २५.१६ प्रतिशतले बढेर ४ अर्ब ५५ करोड ९० लाख ९९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ३ अर्ब ६४ करोड २६ लाख ४७ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । अन्य स्रोतबाट हुने आम्दानी ७४० प्रतिशतले बढेर ३ करोड ८ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म आइपुग्दा सर्वोत्तम सिमेन्टको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४६ पैसा र प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ७३ पैसा छ ।

Published Date: 07 May 2024


ताजा
रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग
एसिसी प्रिमियर कप : लगातार दोस्रो जितको खोजीमा नेपाल, आज मलेसियासँग भिड्दै
मनसुनी वायुको प्रभाव: आज दिनभर र राति कुन-कुन क्षेत्रमा वर्षा हुनेछ?
आज बिहीबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क