बढ्यो सर्वोत्तम सिमेन्टको नाफा

बढ्यो सर्वोत्तम सिमेन्टको नाफा : Icon Khabar

काठमाडौं, वैशाख २५ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सर्वोत्तम सिमेन्टको खुद नाफा ३२.३० प्रतिशतले बढेर १२ करोड ७ लाख ६९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ९ करोड १२ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा सञ्चालन नाफा र अन्य स्रोतबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो ।

सञ्चालन नाफा २५.१६ प्रतिशतले बढेर ४ अर्ब ५५ करोड ९० लाख ९९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ३ अर्ब ६४ करोड २६ लाख ४७ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । अन्य स्रोतबाट हुने आम्दानी ७४० प्रतिशतले बढेर ३ करोड ८ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म आइपुग्दा सर्वोत्तम सिमेन्टको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४६ पैसा र प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ७३ पैसा छ ।

Published Date: 07 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड