आईपीएल: सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

आईपीएल: सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित : Icon Khabar

काठमाडौँ, वैशाख २५ । सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो ।

हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का सहित १० सय २ रनको अविजित इनिङ खेले । सूर्यकुमारले अन्तिम बलमा छक्का प्रहार गरेेसँगै टोलीको जित निश्चित भएको थियो ।

उनलाई तिलक वर्माले अर्कोतर्फ साथ दिएका थिए । तिलकले ३२ बलमा ६ चौका प्रहार गर्दै ३७ रन बनाए । ३१-३ को अवस्थाबाट यी दुई ब्याटरले मुम्बईलाई जित तर्फ डोहोर्याएका थिए ।

हैदराबादका लागि भुवनेश्वर कुमार, मार्को यानसन र प्याट कमिन्सले समान १ विकेट लिए ।

त्यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङका लागि निम्त्याइएको हैदराबादले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७३ रन जोड्यो । हैदराबादका लागि ट्राभिस हेडले ३० बलमा ७ चौका र १ छक्का सहित ४८ रन जोडे । यस्तै कमिन्सले १७ बलमा ३५ रन बनाए । नितिश रेड्डीले २० रन बनाए ।

मुम्बईका कप्तान हार्दिक पन्ड्या र पियुस चावलाले समान ३ , अंशुल कम्बोज र जस्पृत बुम्राहले समान १ विकेट लिए । जित पछि मुम्बई १२ खेलमा ८ अंक सहित नवौं स्थानमा छ । पराजित हैदराबाद ११ खेलमा १२ अंक सहित चौथो छ ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 May 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने