आईपीएल: सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

आईपीएल: सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित : Icon Khabar

काठमाडौँ, वैशाख २५ । सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो ।

हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का सहित १० सय २ रनको अविजित इनिङ खेले । सूर्यकुमारले अन्तिम बलमा छक्का प्रहार गरेेसँगै टोलीको जित निश्चित भएको थियो ।

उनलाई तिलक वर्माले अर्कोतर्फ साथ दिएका थिए । तिलकले ३२ बलमा ६ चौका प्रहार गर्दै ३७ रन बनाए । ३१-३ को अवस्थाबाट यी दुई ब्याटरले मुम्बईलाई जित तर्फ डोहोर्याएका थिए ।

हैदराबादका लागि भुवनेश्वर कुमार, मार्को यानसन र प्याट कमिन्सले समान १ विकेट लिए ।

त्यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङका लागि निम्त्याइएको हैदराबादले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७३ रन जोड्यो । हैदराबादका लागि ट्राभिस हेडले ३० बलमा ७ चौका र १ छक्का सहित ४८ रन जोडे । यस्तै कमिन्सले १७ बलमा ३५ रन बनाए । नितिश रेड्डीले २० रन बनाए ।

मुम्बईका कप्तान हार्दिक पन्ड्या र पियुस चावलाले समान ३ , अंशुल कम्बोज र जस्पृत बुम्राहले समान १ विकेट लिए । जित पछि मुम्बई १२ खेलमा ८ अंक सहित नवौं स्थानमा छ । पराजित हैदराबाद ११ खेलमा १२ अंक सहित चौथो छ ।–एजेन्सी

Published Date: 07 May 2024
ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
देशभर मनसुनी वायुको प्रभाव: आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना
अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय