दुवाकोटको प्लाई कारखानामा आगलागी, एक करोड असी लाख बराबरको क्षति

दुवाकोटको प्लाई कारखानामा आगलागी, एक करोड असी लाख बराबरको क्षति : Icon Khabar

भक्तपुर, वैशाख २३ । भक्तपुरको दुवाकोट मोड स्थित सन्तोष मान श्रेष्ठले संचालन गरेको ज्योति प्लाई कारखानामा अचानक आज राति अचानक आगलागी हुँदा एक करोड असी लाख बराबरको क्षति भएको छ।

राति करिब १२ बजे लागेको आगो नियन्त्रण्का बिहान ४ बजे मात्रै भएको थियो। आगो निभाउने क्रममा दुवाकोट बस्ने वर्ष २३ को बुद्व नारायण श्रेष्ठ सामान्य घाईते भएका छन्। त्यसिगारी दुवाकोटमै बस्ने वर्ष २९ को मनु उर्वा गम्भिर घाईते भएका छन्।

घटनास्थलमा प्रहरी वृत ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
5
+1
0
+1
0
+1
0
Published Date: 05 May 2024
Website | + posts