सगरमाथा जाने मुख्य मार्ग अवरुद्व, आरोहण ठप्प

सगरमाथा जाने मुख्य मार्ग अवरुद्व, आरोहण ठप्प : Icon Khabar

काठमाडौँ, वैशाख २३ । सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहणको मुख्य मार्ग खुम्बु आइसफल क्षेत्रमा बाटो भत्किएपछि सगरमाथा आरोहण ठप्प भएको छ । पहिलो क्याम्प नजिकैको ५९०० मिटर उचाइमा शनिवार राती करिब एक सय मिटर भन्दा लामो दुरीमा बाटो भत्किएपछि आरोहण कार्य रोकिएको हो ।

बाटो भत्किएसँगै राउन्ड ट्रिप आरोहणका लागि उकालो हिँडेका र आधार शिविर झर्ने क्रममा रहेका आरोहीहरू माथि नै रोकिएको छ । आरोहण तालिकामा समस्या आउने देखिएसँगै तत्काल बाटो बनाउन सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई अनुरोध गरी सकिएको दावा फुटी शेर्पाले जानकारी दिए । क्याम्प चारको लक्ष्यका साथ शनिवार राती आधार शिविरबाट उकालो हिँडेका आरोही गाइड सहित ६० जना भन्दा बढी आधार शिविरनै फिर्ता आउनु परेको गाइड कुङगा शेर्पाले आधार शिविरबाट जानकारी दिए।

आधार शिविर देखि क्याम्प दुई सम्मको बाटो निर्माणको जिम्मा समितिले लिँदै आएको छ । बाटो निर्माण भएमा सोमबार बिहानै देखि आरोहण नियमित गर्ने तयारीमा रहेको गाइड छिरिङ शेर्पाले जानकारी दिए।

मे १३/१४ मा चुचुरोसम्मको बाटोमा डोरी टाँग्ने लक्ष्यका साथ फिक्सीङ टोलीले काम अघि बढाएको जानकारी भएको उनले बताए। यस वर्ष खुम्बु आइफल क्षेत्रमा हिम पहिरोका कारण बाटो भत्किएपछि गतवर्षहरुमा प्रयोग हुँदै आएको बाटो नभएर सन् २००४ मा प्रयोग गरिएको अर्को बाटोबाट डोरी टाँगिएको छ ।

Published Date: 05 May 2024


ताजा
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली