आइपीएल: गुजरातलाई पराजित गर्दै बैंग्लुरू सातौँ स्थानमा

आइपीएल: गुजरातलाई पराजित गर्दै बैंग्लुरू सातौँ स्थानमा : Icon Khabar

काठमाडौं, वैशाख २३ । इन्डियन प्रीमियर लीग (आईपीएल) २०२४ को ५२औँ खेलमा रोयल च्यालेञ्जर्स बैंगलुरु (आरसीबी) ले गुजरात टाइटन्सलाई चार विकेटले पराजित गरेको छ ।

शनिवार राति चिन्नास्वामी स्टेडियममा खेलिएको यो प्रतिस्पर्धामा गुजरातले आरसीबीलाई जीतका लागि १४८ रनको लक्ष्य दिएको थियो, जसलाई आरसीबीले १३.४ ओभरमा हासिल गर्न सफल भयो ।

आरसीबीको जारी सीजनको यो ११ औं खेलमा चौथो जीत थियो । अर्कोतिर गुजरात टाइटन्सले ११ वटै खेलमा सातौं हार व्यवहोरेको छ । आरसीबीको टीम यो जीतसंगै अंकतालिकाको सातौं स्थानमा उक्लिएको छ । यो टीमको प्लेअफमा पुग्ने सम्भावना पनि कायमै छ ।

आरसीबीको जीतको हीरो विराट कोहली तथा कप्तान फाफ डु प्लेसिस रहे । दुबैले ५.५ ओभरमा ९२ रनको ओपनिङ साझेदारी गरे । कोहलीले २७ बलमा ४२ रन बनाए, जसमा चार छक्का तथा दुई चौका समावेश रहे । डु प्लेसिसले केवल २३ बलमा ६४ रनको इनिङ खेले । डु प्लेसिसले आफ्नो इनिङमा १० चौका तथा तीन छक्का प्रहार गरे ।

यद्यपि, ओपनिङ साझेदारी टुट्ने बित्तिकै विकेट पतनको क्रमले निरन्तरता पायो र आरसीबीले २५ रन भित्र ६ विकेट गुमायो । त्यसपछि दिनेश कात्र्तिक तथा स्वन्लि सिंहले अविजित ३५ रन जोडेर आरसीबीलाई सहजै लक्ष्यसम्म पुर्याए । स्वप्निल १५ बलमा २१ रन बनाएर अविजित रहे । गुजरातको तर्फबाट आइरिस तिब्र गतिका बलर जोशुवा लिटिलले चार विकेट लिए ।

त्यसअघि, पहिला ब्याटिङ गर्दै गुजरातले आरसीबीलाई जीतका लागि १४८ रनको सामान्य लक्ष्य दिएको थियो । गुजरात टाइटन्सका लागि शाहरुख खानले सर्वाधिक ३७ रन बनाए । आरसीबीका मोहम्मद सिराज, विजयकुमार वैशाक तथा यश दयालले समान तीन विकेट लिए ।

आरसीबीले जारी सीजनमा अहिलेसम्म ११ खेलमा चार जीत हासिल गरेको छ भने गुजरात टाइटन्सले ११ खेल खेलेर चारमा विजय प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 May 2024
Website | + posts






ताजा
बलिउड अभिनेता वरुण धवन घाइते
भारतमा भएको एक कार्यक्रममा एक जना फोटोग्राफरले उदित नारायणलाई चुम्बन गरेपछि
आजदेखि च्याम्पियन्स ट्रफी सुरु हुँदै, पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
चीनमा तीन वर्षमा स्थापना भए १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू


ट्रेन्डिङ
२०५८ सालदेखि मौका परीक्षा दिन नपाएका विद्यार्थीलाई मौका परीक्षाको आवेदन खुला
विद्युत प्राधिकरणको लापरबाहीले गर्दा बबरमहलमा मेलम्चीको पाइप फुट्यो: केयुकेएल
ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको भक्तपुर शाखा सूर्यविनायकमा सुरू
शुक्रबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढ्यो