बिहीबार नेप्से परिसूचक ७.३१ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक ७.३१ अंकले घट्यो : Icon Khabar

काठमाडौं, वैशाख २० । आज नेप्से परिसूचक ७.३१ अंक घटेर १९९८.९६ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.४८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५० अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ८० करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३०८ स्टकको ६४ हजार १८१ पटकको कारोबारमा ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँ बराबरको ९४ लाख ९८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको आज २८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित ९.५० प्रतिशत नगद लाभांश गरी कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका कारण इन्स्योरेन्सको शेयर कारोबार बढेको हो। आज पोखरा फाइनान्सको २१ करोड ७८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

बिहीबार १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने लघुवित्त र व्यापार उपसमूहको परिसूचक बढेको छ। आज लघुवित्त उपसमूहको परिसूचक ३.४५ प्रतिशत बढेको छ। अघिल्लो दिन सर्वाधिक बढेको विकास बैंक उपसमूहको परिसूचक भने आज सर्वाधिक २.०३ प्रतिशत घटेको छ। त्यस्तै, आज जलविद्युत उपसमूहको परिसूचक १.११ प्रतिशत घटेको छ।

Published Date: 02 May 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग