बिहीबार नेप्से परिसूचक ७.३१ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक ७.३१ अंकले घट्यो : Icon Khabar

काठमाडौं, वैशाख २० । आज नेप्से परिसूचक ७.३१ अंक घटेर १९९८.९६ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.४८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५० अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ८० करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३०८ स्टकको ६४ हजार १८१ पटकको कारोबारमा ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँ बराबरको ९४ लाख ९८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको आज २८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित ९.५० प्रतिशत नगद लाभांश गरी कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका कारण इन्स्योरेन्सको शेयर कारोबार बढेको हो। आज पोखरा फाइनान्सको २१ करोड ७८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

बिहीबार १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने लघुवित्त र व्यापार उपसमूहको परिसूचक बढेको छ। आज लघुवित्त उपसमूहको परिसूचक ३.४५ प्रतिशत बढेको छ। अघिल्लो दिन सर्वाधिक बढेको विकास बैंक उपसमूहको परिसूचक भने आज सर्वाधिक २.०३ प्रतिशत घटेको छ। त्यस्तै, आज जलविद्युत उपसमूहको परिसूचक १.११ प्रतिशत घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 May 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने