वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको लगातार दोस्रो हार, चलेन ब्याटिङ र बलिङ

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको लगातार दोस्रो हार, चलेन ब्याटिङ र बलिङ : Icon Khabar

काठमाडौँ, वैशाख १९ । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध घरेलु टोली नेपाल पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल ७६ रनले पराजित भएको हो । योसँगै शृङ्खलामा वेस्ट इन्डिज ‘ए’ले २–१ को अग्रता लिएको छ । पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा वेस्टइन्डिजले १० रनको जित निकालेको थियो ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले जितका लागि दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित १९.२ ओभरमा सबै विकेट गुमाउँदै १५१ रनमै समेटिएको हो । ओपनर लोकेश बम र करण केसीले समान २८ २८ रन जोडे । २९ बल खेलेका लोकेशले २ छक्का पनि प्रहार गरेका थिए । साथै करणले १७ बलमा प्रहार गरे ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय २८ रनको योगफल बनायो । वेस्ट इन्डिज ‘ए’का लागि जोनसन चाल्र्सले शतकीय पारी खेले । उनले ६१ बलमा १३ चौका र सात छक्काको मद्दतमा एक सय १९ रन बनाए ।

यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाए । उनले ३३ बल खेल्ने क्रममा चार चौका र र तीन छक्का हाने । यस्तै फबिएन एलेनले १९, एलिक एथानाजेले १७ तथा किमो पलले अविजित १३ रन बनाए ।

बलिङतर्फ नेपालका लागि करण केसी र सागर ढकालले एक एक विकेट लिए ।

आजको खेलमा दीपेन्द्र सिंह ऐरीले कप्तानी गरेका थिए । कप्तान रोहित सँगै कुशल भुर्तेल, सोमपाल कामी र आकाश चन्द बेन्चमा थिए ।

Published Date: 01 May 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न