वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको लगातार दोस्रो हार, चलेन ब्याटिङ र बलिङ

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको लगातार दोस्रो हार, चलेन ब्याटिङ र बलिङ : Icon Khabar

काठमाडौँ, वैशाख १९ । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध घरेलु टोली नेपाल पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल ७६ रनले पराजित भएको हो । योसँगै शृङ्खलामा वेस्ट इन्डिज ‘ए’ले २–१ को अग्रता लिएको छ । पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा वेस्टइन्डिजले १० रनको जित निकालेको थियो ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले जितका लागि दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित १९.२ ओभरमा सबै विकेट गुमाउँदै १५१ रनमै समेटिएको हो । ओपनर लोकेश बम र करण केसीले समान २८ २८ रन जोडे । २९ बल खेलेका लोकेशले २ छक्का पनि प्रहार गरेका थिए । साथै करणले १७ बलमा प्रहार गरे ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय २८ रनको योगफल बनायो । वेस्ट इन्डिज ‘ए’का लागि जोनसन चाल्र्सले शतकीय पारी खेले । उनले ६१ बलमा १३ चौका र सात छक्काको मद्दतमा एक सय १९ रन बनाए ।

यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाए । उनले ३३ बल खेल्ने क्रममा चार चौका र र तीन छक्का हाने । यस्तै फबिएन एलेनले १९, एलिक एथानाजेले १७ तथा किमो पलले अविजित १३ रन बनाए ।

बलिङतर्फ नेपालका लागि करण केसी र सागर ढकालले एक एक विकेट लिए ।

आजको खेलमा दीपेन्द्र सिंह ऐरीले कप्तानी गरेका थिए । कप्तान रोहित सँगै कुशल भुर्तेल, सोमपाल कामी र आकाश चन्द बेन्चमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 May 2024
Website | + posts






ताजा
बलिउड अभिनेता वरुण धवन घाइते
भारतमा भएको एक कार्यक्रममा एक जना फोटोग्राफरले उदित नारायणलाई चुम्बन गरेपछि
आजदेखि च्याम्पियन्स ट्रफी सुरु हुँदै, पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
चीनमा तीन वर्षमा स्थापना भए १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू


ट्रेन्डिङ
२०५८ सालदेखि मौका परीक्षा दिन नपाएका विद्यार्थीलाई मौका परीक्षाको आवेदन खुला
विद्युत प्राधिकरणको लापरबाहीले गर्दा बबरमहलमा मेलम्चीको पाइप फुट्यो: केयुकेएल
ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको भक्तपुर शाखा सूर्यविनायकमा सुरू
शुक्रबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढ्यो