इलाम–२ को मत गणना थालियाे : पहिला फाकफोकथुमको, हरेक घण्टा परिणाम सुनाइने

इलाम–२ को मत गणना थालियाे :  पहिला फाकफोकथुमको, हरेक घण्टा परिणाम सुनाइने : Icon Khabar

इलाम, वैशाख १६ । इलाम–२ को मतगणना शुरु भएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना शुरु भएको हो । त्यसपछि क्रमशः चुलाचुली,माङसेबुङ गाउँपालिका र माइ,देउमाइ र इलाम नगरपालिकाको हुनेगरी सर्वदलीय सहमति भएको छ ।

मत गणनाको नतिजा हरेक घण्टामा अपडेट गराइने मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ । आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेपछि मतगणना गर्ने निर्णय गरेको थियो । वडा नम्बर १ बाट गणना शुरु गरेर प्रत्येक वडाको अलग–अलग परिणाम सार्वजनिक गर्ने तयारी छ । एउटा वडाका जति वटा मतदान केन्द्र भए पनि ती सबै मत एकै ठाउँमा मिसाएर गनिनेछ । फाकफोकथुम गाउँपालिका दुई वर्षअघिको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जितेको ठाउँ हो । तत्कालीन सत्ता गठबन्धनका डिकबहादुर थापालाई नेकपा एमालेका दिपेन्द्र खनालले ५ सय मतको अन्तरले अध्यक्ष पदमा पराजित गरेका थिए ।

एमालेका खनालले ५,३२२ मत पाउँदा कांग्रेसका थापाले ४,८२१ मत पाएका थिए । कांग्रेसलाई माओवादी र नेकपा एसको पनि साथ थियो । फाकफोकथुमको उपाध्यक्षमा पनि एमालेकी कल्पना राई ५,१५८ मतसहित बिजयी हुँदा गठबन्धनबाट माओवादीका कुलवहादुर राईले ४,१७४ मत पाएका थिए । ७ वडा वडामध्ये कांग्रेसले वडा नम्बर १,२,४ र ७ मा कांग्रेस र बाँकी ३ वडाध्यक्ष एमालेले जितेको थियो । २ वर्षअघिको स्थानीय तहको निर्वाचनको मत र अहिलेमा धेरै फरक आइसकेको छ ।

त्यसबेला कांग्रेसको साथमा रहेका माओवादी केन्द्रले यस पटक एमालेलाई साथ दिएको छ भने नेकपा एसले आफ्नै उम्मेदवार उठाएको छ । त्यसबेला अस्तित्वमा नरहेको रास्वपा र पहिचानवादी शक्तिका उम्मेदवारले उल्लेख्य मतको अपेक्षा गरेका छन् ।

कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम– २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो । यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 April 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने