इलाम–२ को मत गणना थालियाे : पहिला फाकफोकथुमको, हरेक घण्टा परिणाम सुनाइने

इलाम–२ को मत गणना थालियाे :  पहिला फाकफोकथुमको, हरेक घण्टा परिणाम सुनाइने : Icon Khabar

इलाम, वैशाख १६ । इलाम–२ को मतगणना शुरु भएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना शुरु भएको हो । त्यसपछि क्रमशः चुलाचुली,माङसेबुङ गाउँपालिका र माइ,देउमाइ र इलाम नगरपालिकाको हुनेगरी सर्वदलीय सहमति भएको छ ।

मत गणनाको नतिजा हरेक घण्टामा अपडेट गराइने मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ । आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेपछि मतगणना गर्ने निर्णय गरेको थियो । वडा नम्बर १ बाट गणना शुरु गरेर प्रत्येक वडाको अलग–अलग परिणाम सार्वजनिक गर्ने तयारी छ । एउटा वडाका जति वटा मतदान केन्द्र भए पनि ती सबै मत एकै ठाउँमा मिसाएर गनिनेछ । फाकफोकथुम गाउँपालिका दुई वर्षअघिको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जितेको ठाउँ हो । तत्कालीन सत्ता गठबन्धनका डिकबहादुर थापालाई नेकपा एमालेका दिपेन्द्र खनालले ५ सय मतको अन्तरले अध्यक्ष पदमा पराजित गरेका थिए ।

एमालेका खनालले ५,३२२ मत पाउँदा कांग्रेसका थापाले ४,८२१ मत पाएका थिए । कांग्रेसलाई माओवादी र नेकपा एसको पनि साथ थियो । फाकफोकथुमको उपाध्यक्षमा पनि एमालेकी कल्पना राई ५,१५८ मतसहित बिजयी हुँदा गठबन्धनबाट माओवादीका कुलवहादुर राईले ४,१७४ मत पाएका थिए । ७ वडा वडामध्ये कांग्रेसले वडा नम्बर १,२,४ र ७ मा कांग्रेस र बाँकी ३ वडाध्यक्ष एमालेले जितेको थियो । २ वर्षअघिको स्थानीय तहको निर्वाचनको मत र अहिलेमा धेरै फरक आइसकेको छ ।

त्यसबेला कांग्रेसको साथमा रहेका माओवादी केन्द्रले यस पटक एमालेलाई साथ दिएको छ भने नेकपा एसले आफ्नै उम्मेदवार उठाएको छ । त्यसबेला अस्तित्वमा नरहेको रास्वपा र पहिचानवादी शक्तिका उम्मेदवारले उल्लेख्य मतको अपेक्षा गरेका छन् ।

कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम– २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो । यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा रहेका छन् ।

Published Date: 28 April 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु