आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग : Icon Khabar

इलाम, वैशाख १५ । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।

लिम्बूले मतदान गर्न जादा पार्टीको चुनाव चिन्ह अंकित ब्याच लगाएर गएपछि आचारसंहिता उलंघन भएको हो । उनले कोटबाहिर स्पष्ट देखिनेगरी रास्वपाको चुनाव चिन्ह घन्टी भएको लोगो लगाएर मत दिएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेका हुन् । उनीविरुद्द उजुरी परेपछि निर्वाचन आयोगले छानबिन सुरुगरेको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले रास्वपाको उम्मेदवारविरुद्ध आयोगमा आज उजुरी परेपछि आवश्यक कारबाही सुरु गरेको र स्थानीय प्रशासनलाई आवश्यक कारवाहीको पूर्ण अधिकार दिइएको बताएका छन् ।

लिम्बुले आफुले मतदान गरेको तस्विर सामाजिक सञ्जालमा राखेपनि आचारसंहिता उलंघन भएको उजुरीपछि सो तस्वीर हटाएका छन् ।

Published Date: 27 April 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु